घट्यो खाने तेलको मुल्य, कति पुग्यो प्रतिलिटर ?
काठमाण्डौं,जेठ २४ । भारतमा खानेतेलको मूल्य घट्न थालेको छ । इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुन थाले पछि भारतमा खानेतेलको मूल्य घट्न थालेको हो ।
खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्म गिरावट आउन थालेको भारतिय मिडियाहरुले जनाएका छन् । भारतले कच्चा पदार्थको भन्सार दर घटाउँदा तथा इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुँदा मूल्य घटेको बताइएको छ ।
सर्सिउँ, सोयाविन र पाम तेलकै मूल्य ओरालो लागेको हो । १८ मेमा प्रतिलिटर १८५ भारु रहेको सोयाविन तेलको मूल्य हाल १७० रुपैयाँ छ ।
इण्डोनेशियाबाट पाम तेल आयात पछि भारतले कच्चा पदार्थको भन्सार दर घटाएको छ । भारत सरकारले खानेतेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झारेपछि तेलको मूल्य घट्न थालेको बताईएको छ।
Facebook Comments