पात्र एक समर्थन अनेक पाएका कोइराला
विद्यार्थी जिवनबाट नै राजनीतिक यात्रामा होमीएका एक सरल यात्री हुन् दिनेश काेइराला। चितवनकाे गितानगरमा वि.स. २०२८ वैशाख ९ गते पिता भिष्मकान्त काेइराला र माता स्व. सरस्वती काेइरालाकाे जेष्ठ सुपुत्रकाे रुपमा उहाँकाे जन्म भएको हाे। नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यसमेत रहनु भएका कोइरालाले आफ्नो उमेरको बाल्य अवस्थाबाटै कृष्णलाल सापकोटाको भासणबाट प्राभावित भएर राजनीतिक यात्रा सुरु गरेका थिए। विपीका सिद्धान्त र आदर्शमा निरन्तर लाग्दै आउनुभएको कोइरालाले राजनीति शास्त्रमा सातकोत्तर सम्म अध्ययन गर्नु भएको छ।
राजनीतिक भन्दा बाहिर रहेर समाज कल्याणकाे लागि उहाँले जेसिजमा पनि आफ्नो उल्लेख्य भुमिका निर्वाह गर्नु भएकाे छ। सन् २००८ मा जेसिजकाे केन्द्रीय अध्यक्ष बन्नुभएकाे उहाँलाई जेसिजकाे सफल रुपमा पनि चिनिन्छ। नेपाली काङ्ग्रेसकाे विभिन्न पदमा रहेर राजनिती गर्दै आउनुभएकाे उहाँ २०७४ सालको स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मेयर बन्ने तयारीमा थिए । तर उम्मेदवारी दिइसकेका काेइरालाकाे उम्मेदवारी सभापित शेरबहादुर देउवाले केन्द्रबाटै खारेज गराइ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छाेरी रेनु दाहाललाई समर्थन गर्न आग्रह गरे। २०७४मा भएकाे ससंदिय चुनावमा चितवन क्षेत्र न. ३ क बाट १७ सय ४० मतान्तर उहाँले एमालेका नेता कृष्ण भुर्तेल सगं पराजय बेहाेर्न पर्याे। बार्हौ महाधिवेशन देखि महासमिति सदस्य हुदै नेपाली काङ्ग्रेसकाे १४ औं महाधिवेशनबाट खुला सदस्य तर्फ लाेक प्रीय मतको साथ चितवनबाट पहिलो केन्द्रिय सदस्य बनेका कोइराला अहिले भने आफ्नै पार्टी भित्र विद्रोह गरेर प्रतिनिधिसभामा उमेदवारी दिनुभएको छ। उहाँकाे उमेदवारीलाई समर्थन गर्दै नेकपा एमालेले आफ्नाे उमेदवारको टिकट फिर्ता गराएर उहाँलाई समर्थन समेत गरेको छ।
सरल स्वभाव र गाउँले परिवेशमा घुलमिल हुन सक्ने उहाँले यतिवेला आफुले काङ्ग्रेस जाेगाउने अभियान सहित नातावाद र कृपावाद विरुद्व अघि बढिरहनु भएको छ । भने निर्वाचन कार्यलयले उहाँलाई माछा चुनाव चिन्ह दिएकाे छ। सरल स्वाभावमा धनी उहाँलाई चितवनको जनताबाट लोभ लाग्दो माया पाएको देखिन्छ। व्यक्ति एक भएनी उहाँले समर्थन अनेकौ को पाउनु भएको छ। जेसिजमा रहाँदा हाेस् या पार्टीको विभिन्न तहमा रहँदा सामाजिक कार्यमा रहदै आउनुभएकाे उहाँको चुुनावी एजेन्डा नै राजनितीलाई शुद्धीकरण गर्ने, नेपालमै उत्पादन हुने विभिन्न कृषि तथा घरेलु सामग्रीलाइ ब्राण्ड बनाउने, किसान लाई सहज मल बीउ उपलब्ध गराउने, चितवनलाइ पर्यटकिय क्षेत्रको रुपमा स्थापित गर्ने, निशुल्क र गुणस्तरीय स्वास्थ्य, शिक्षा, स्वच्छ पिउने पानी लगायत राष्ट्रिय निकुञ्ज ऐन परिवर्तन गरि जनजिवन सहज बनाउने विषयलाई प्राथमिकता दिदै आउनुभएको छ।
स्थानीय चुनावको अकंगणितलाई हेर्ने हो भने पनि चितवन ३ मा काेइराला बलियाे उमेदवार हो । यस क्षेत्रमा मत सख्यांकाे आधारमा एमाले र काङ्ग्रेस मुख्य पार्टीको रुपमा देखिन्छ। माडी नगरपालिकाकाे मेयर एमालेबाटै निर्वाचीत हाे। सत्ता गठबन्धनमा आवद्ध सबै दलको मत जोड्दा एमाले भन्दा सत्ता गठबन्धन अगाडि छ । तर गठबन्धनबाट यस क्षेत्रमा माओवादीले टिकट पाएकाे छ। र स्थानीय चुनावलाई हेर्ने हाे भने पनि रुख चिन्ह र काङ्ग्रेसबाट बिद्रोह गरेका उमेदवारले करिब २५/३० हजारको हाराहारीमा मत ल्याएको देखिन्छ। जुन मत अहिले कोइरालालाई जाने र स्थानीय चुनाव पछि माओवादीमाे सह-इन्चार्ज सहितकाे माओवादीकाे एक हिस्सा नै एमाले प्रवेश गर्नु,उहाँको उमेदवारीलाई माओवादीकाे बिद्रोहि उमेदवार हरि याेन्जनले पनि समर्थन गर्नुले कोइरालालाई चुनावमा सहज वातावरण बनेको देखिन्छ।
Facebook Comments