• २ कार्तिक २०८२, शनिवार
  • २२ °C काठमाडौं
जनताले माया गरेका सिन्धुका शेर

बाल्यकालबाट नै राजनीतिक यात्रामा होमीएको एक यात्री सरल अनि सबैको मनमुटुमा बस्न सफल । स्थानियकै मन र मतका कारण जसले पशुपतिशमशेर जबरालाई लगातार दुईपटक पराजित गरेर राणा शासन’ ढाले । यसरी राणा शासन ढाल्ने राजनैतिक एवं शैक्षिक योद्धाको नाम हो शेरबहादुर तामाङ । सिन्धुपाल्चोकको सिन्धुकोटमा आमा फुलमाया तामाङ र बुवा प्रताप सिंह तामाङको कोख बाट वि.सं.२०२५ सालमा उहाँको जन्मभएको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहनु भएका तामााङ २०७० मा सिन्धुपालचाेक ३ र ०७४ मा क्षेत्र घटेपछि क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ । २०३६ सालमा सरस्वती मावि ग्याल्थुनमा तत्कालिन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाचौंको प्रारम्भिक कमिटिबाट आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएका तामाङले ०७० र ०७४ मा भएको दुवै चुनावमा पशुपतिशमशेरलाई पराजित गनुभएको थियो ।

यसअघि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी ९८ मतले पराजित हुनुभएको थियो । अशोक राईहरुसँगै वीरबहादुर लामाले पनि पार्टी छाडेर हिँडेपछि तामाङ समुदायबाट एमालेले उहाँलाई अघि बढाउँदै वैकल्पिक केन्द्रीय सदस्य मनोनित गरेको थियो । नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनु भएको थियो हाल दशौ महाअधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य हुनुहुन्छ । वि.सं. २०३६ सालमा सरस्वती मावि ग्याल्थुनमा तत्कालिन नेकपा मालेको विद्यार्थाी संगठन अनेरास्ववियु पाचौंको प्रारम्भिक कमिटिबाट आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएका तामाङ २०४० सालमा अनेरास्ववियूको जिल्ला अध्यक्ष, २०४१ सालमा सेल कमिटी, २०४२ सालमा पाटीको सहयोग ग्रुप २०४७ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुँदै २०५१ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सचिव, २०५४ सालमा महासचिव, २०५९ सालमा उपाध्यक्ष भएर काम गरीसक्नु भएको छ । तामाङ २०५४ सालमा एमाले जिल्ला सचिव हुनुभयो भने २०५९ सालमा एमाले बागमती अञ्चल सदस्य बन्नुभयो । २०६४ र २०७० मा संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोकको तत्कालीन क्षेत्र नं ३ बाट एमालेका उम्मेद्वार हुनुहुन्थ्यो । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोक नगरपालिकाका केही वडाहरु समेतको मिलाएर बनेको सिन्धुपाल्चोक २ बाट बाम गठबन्धनका उम्मेद्वार बन्नुभयो ।

पशुपति शम्शेरलाई वि.स. २०७० र २०७४ मा गरी दुईपटक हराउन सफल तामाङ २०७५ चैत्र २ गते नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रि हुनुभयो । वि.स. २०७८ जेठ २१ गते नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रिको रुपमा पनि आफ्नो भुमिका निभाउनु भयो । सरकारले सुरु गरेका अधुरा काम पूरा गर्ने योजना र समृद्धिको यात्राको लागि भन्दै उहाँ अहिले पनि सिन्धुपाल्चोक क्षेत्र न. २ बाट नै उमेद्वारी दिनुभएको छ ।

सरल स्वभाव र गाउँले परिवेशमा घुलमिल हुन सक्ने तामाङ यतिवेला आफुले र नेकपा एमालेले बाढेको अधुरा सपना पूरा गर्ने योजना सहित अघि बढिरहनु भएको छ । उहाँको सरल स्वाभावले गर्दा नै सिन्धुपाल्चोकको जनताबाट लोभ लाग्दो माया पाएको देखिन्छ। सासंदमा रहँदा देखिनै बारम्बार गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गर्दै आएका तामाङले यसपटककाे चुुनावी एजेन्डा नै गाँजा खेतीलाई वैधानिकता, नेपालमै उत्पादन हुने रक्सिलाई ब्राण्ड बनाउने कुरा, किसान लाई पेन्सनका कुरा सिन्धुपाल्चोकलाई पर्यटकिय क्षेत्रको रुपमा स्थापित गर्ने कुरा, निशुल्क र गुणस्तरीय स्वास्थ्य शिक्षा, स्वच्छ पिउने पानी लगायत फलफुलकाे जगंललाई प्राथमिकता दिदै आउनुभएको छ। घरदैलो गर्न हिड्दा जनताले लगाइदिएका माला खोलेर जेष्ठ नागरिकलाई लगाएर सम्मान गर्दै अगाडी बढ्नु भएको छ । यहीँ सरल बानि र व्यवहारले गर्दा पनि सिन्धुपाल्चोकबाट अपार माया पाउन सफल हुनुभएको छ । भुकम्पकाे बेला र मेलम्चीमा बाढी आएर सिन्धुपाल्चोक डुबानमा परेकाे बेला शेर बहादुर तामाङले खेलेकाे भुमिका उल्लेख्य देखिन्छ। सिन्धुपाल्चोकका जनताको सुख र दुःख दुवैमा साथ दिने नेता भएकै कारण तामाङलाई चुनाव जित्न थप सहज पनि बनेकाे छ।

स्थानीय चुनावको अकंगणितलाई हेर्ने हो भने पनि सिन्धुपाल्चोक २ मा एमाले पहिलो दल हो । एमालेले ३१ हजार ७७६ मत पाउँदा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले २९ हजार ३०२ मत पाएको देखिन्छ । नेकपा माओवादी केन्द्रको १६ हजार ७९ मत पाउँदा राप्रपाले ५ हजार ९३२ र नेकपा एकीकृत समाजवादीले १ हजार ६६३ मत पाएको छ । सत्ता गठबन्धनमा आवद्ध सबै दलको मत जोड्दा एमाले भन्दा सत्ता गठबन्धन अगाडि छ । तर तामाङको प्रतिस्पर्धीको रुपमा देखिएका मोहन बस्नेत क्षेत्र न. २ का हैनन् त्यसैले गर्दा पनि तामाङलाई चुनावमा सहज वातावरण बनेको देखिन्छ। नेपाल ल क्याम्पसबाट एलएलबी र इतिहास, मानवशास्त्रमा स्नातकोत्तर गर्नुभएको तामाङले हाल परम्परागत कृषि प्रणालीको विकल्प के हुन सक्छ भनेर अध्ययन गर्दै हुनुहुन्छ । शेरबहादुर तामाङको सहयात्री उषाकला राईले हरेक मोडमा साथ दिदै आउनु भएको छ । उहाँहरु दुवै जना पूर्णकालीन राजनीतिमा हुनुहुन्छ ।

सम्बन्धित समाचार

Facebook Comments