'प्रेमा' को ट्रेलर सार्वजनिक
आउदो चैत्र १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म 'प्रेमा' को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार बाघठाटा फिल्म फ्याक्ट्री युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठबीचको त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ। ट्रेलरको सुरुमा अभिनेत्री शुभेक्क्षा खड्का र अरुण क्षेत्री बिचको प्रेममा अर्की अभिनेत्री सृष्टि श्रेष्ठको आगमन पछी प्रेम बदलिएको देखाईएको छ ।
फिल्मलाई गोविन्द सिंह भण्डारीले लेख्ने काम गरेका हुन भने निर्देशन पनि भण्डारीकै रहेको छ । बाघठाटा फिल्म फ्याक्ट्री ब्यानरको फिल्म निर्माणमा निर्देशक गोविन्दसँगै विवेक घिमिरेले सहकार्य गरेका छन्। फिल्ममा अरुण, सुवेक्षा र सृष्टिसँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)लगायत कलाकारको अभिनय छ।
महेश पौडेलले छायांकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्। फिल्मलाई उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछन् l
Facebook Comments