सरकारद्वारा १९ खर्ब ६४ अर्बको बजेट सार्वजनिक, चालू खर्चमै ६० प्रतिशतभन्दा बढी ( पूर्णपाठ सहित )
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै चालू, पूँजीगत र वित्तीय व्यवस्था गरी तीन तहमा रकम विनियोजन गरिएको जानकारी दिए।
बजेटअनुसार,
-
चालू खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ (जम्मा बजेटको ६०.१%)
-
पूँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ (२०.८%)
-
वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१%) विनियोजन गरिएको छ।
सरकारले बजेटमार्फत आर्थिक वृद्धि, पूर्वाधार विकास, रोजगारी सृजना र सामाजिक सुरक्षामा प्राथमिकता दिएको जनाएको छ।
https://drive.google.com/file/d/1mL2dmTR3VM_OtwGmjfMcgjZeMwa6T6DL/view
Facebook Comments