• २ कार्तिक २०८२, शनिवार
  • २२ °C काठमाडौं
सरकारी कर्मचारीको तलब यथावत, महँगी भत्ता ५ हजारमा वृद्धि

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कर्मचारीको तलब नबढाउने निर्णय गरे पनि महँगी भत्ता भने वृद्धि गर्ने घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट अनुसार सरकारी कर्मचारीको महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइएको हो।

पछिल्लो तीन वर्षदेखि तलब नबढेको अवस्थामा यस वर्ष तलब वृद्धि हुने अपेक्षा गरिएको थियो। तर स्रोत अभावका कारण तलब वृद्धि सम्भव नभएको अर्थमन्त्री पौडेलले स्पष्ट पारे।

“सरकारी तलबमा वृद्धि गर्न सकिने अवस्था नभएकाले महँगी भत्ता ५ हजार रुपैयाँसम्म पुर्‍याइएको छ,” पौडेलले बजेट भाषणमा भने।

सरकारको यो निर्णयले मूल्यवृद्धिको चाप केही कम गर्ने अपेक्षा गरिएको छ, तर कर्मचारी वर्ग भने तलब नबढेकोप्रति निराश देखिएका छन्।

सम्बन्धित समाचार

Facebook Comments