एकसाथ २० जनवादी कलाकारहरु क्रुजमा, क्रुज सयर गर्दै गाए जनताको गित ( भिडियो सहित )
राष्ट्रको लागि संगीत अभियान लिएर चितवन आइपुगेको जनवादी गाएकका समुहले चितवनमा रहेकाे नेपालकै पहिलाे क्रुजको सयर गरेका छन्। भरतपुर-१६ काप्रेघाटमा रहेको क्रुजको सयर गर्दै जनताको गित समेत गाएर मनोरञ्जन लिएका थिए।
राष्ट्रको लागि संगीत अभियान लिएर जनवादी कलाकारहरुले धनगढीबाट चैत्र ४ गतेबाट अभियान सुरु गरेका थिए। उनिहरुको आज दिउँसो २ बजे क्यान्सरको हलमा कार्यक्रम सुरु हुने छ। जनसांस्कृतिक कार्यक्रममा सहभागी हुन आएका जनवादी गायक जीवन शर्मा, माधव प्रधान, मणी थापा, उदय श्रेष्ठ, ओम श्रेष्ठ, चिरण सी, कर्ण विद्रोही, नीलिमा पुन, मोहित श्रेष्ठ, नारायण शर्मा, उदय रिजाल, सन्ध्या मगर, कविता पुन, लक्ष्मण पाख्रिन, निशा बुढामगर, अनु शर्मा, लक्ष्मी केसी र कुवेर केसीले क्रुजको निरीक्षण गर्नुभएको हो। क्रुज सयर गर्ने क्रममा उनिहरुले विदेशको अनुभुती नेपालमा लिन पाएको उल्लेख गर्दै खुसी समेत व्यक्त गरेका थिए।
Facebook Comments