डाेरि तान्ने खेलमा राइनाे समूह पहिलाे, फुटबलमा बराबरी
फेन्सि व्यवसायी संघ चितवनले आयोजना गरेको डोरि तान्नी खेलमा राइनो समूह बिजयी भएको छ। फेन्सी व्यवसायी संघकाे ३६ औ स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेल अन्तर्गत आज आयोजित डोरी तान्ने प्रतियोगितामा राइनो समुह विजयी भएको हो।
प्रतियोगितामा सहभागी हन्टर समुह, गोरिल्ला समुह, श्री गणेश समुहलाई पछि पर्दै राइनो समुहले प्रथम स्थान लिइ १० हजार रुपैयाँ जित्न सफल भएको कार्यक्रम सयोंजक सन्तोस पोख्रेलले बताए। कार्यक्रममा विजयी समुहलाई स्थापना दिवसकाे अवसरमा चैत १३ गते हुने कार्यक्रममा पुरस्कार वितरण गरिने उनले बताए। डाेरि तान्ने प्रतियोगिता संगै आज उद्योग वाणिज्य सघं र फेन्सि व्यवसायी संघ बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको थियो। जसमा फेन्सि व्यवसायी सघंकाे तर्फबाट सन्ताेष पोख्रेल र उद्योग वाणिज्य संघको तर्फबाट नारायण प्रधानले १/१ गोल गरेपछी खेल बराबरी भएको थियो।
यस अघि फागुन ७ गते स्लो बाइक रेस सम्पन्न भैसकेको छ। भने फागुन १८ देखि २१ गते सम्म युसुफ दिन मिया स्मृति कप भेट्रान कप फुटबल प्रतियोगिता आयोजाना हुने पोख्रेलले बताएका छन्। कार्यक्रम फेन्सी व्यवसायी संघ र फेन्सी बचत तथा ऋण सहकारी सस्थां लिमिटेडले सयुक्त रुपमा आयाेजना गरेकाे हो।
Facebook Comments