• ५ वैशाख २०८३, शनिवार
  • २६ °C काठमाडौं
चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरण अभियान अन्तर्गत नयाँ इतिहास कायम भएको छ। संघको सदस्यता अभिवृद्धि तथा दर्ता समिति संयोजक शंकर अधिकारीको नेतृत्वमा संघको इतिहासमै सर्वाधिक ३,३९९ सदस्य नविकरण हुन सफल भएको हो।

 

गत अधिवेशनमा स्वतन्त्र सदस्यका रूपमा निर्वाचित अधिकारीले जिम्मेवारी सम्हालेपछि सदस्य नविकरण प्रक्रियालाई प्रभावकारी रूपमा अगाडि बढाएका थिए। सदस्य नविकरणको अन्तिम मिति पुस ९ गतेसम्म तोकिएको अवधिभित्रै उल्लेखनीय संख्यामा सदस्य नविकरण गराएर उनले आफ्नो नेतृत्व क्षमता प्रमाणित गरेका छन्।

 

जुनसुकै जिम्मेवारी पाए पनि गहन तवरले वहन गर्ने स्वभावका अधिकारीको कार्यशैलीको संघभित्र व्यापक चर्चा र प्रशंसा भइरहेको छ। जिल्लाका विभिन्न सामाजिक क्षेत्रमा समेत सफल अनुभव बटुलेका उनको चितवन उद्योग वाणिज्य संघमा सक्रिय भूमिकालाई संस्थाको लागि सकारात्मक उपलब्धिका रूपमा विश्लेषण गर्न थालिएको छ।

 

चितवन उद्योग वाणिज्य संघको ५९औँ साधारणसभा तथा अधिवेशन आगामी २०८२ साल पुस १९ र २१ गते आयोजना हुने तय भएको छ। सो अधिवेशनमा शंकर अधिकारी कुन पदमा उम्मेदवारी दिनेछन् भन्ने विषय उद्योगी–व्यवसायी वृत्तमा चासोका साथ हेरिएको छ।

 

सदस्य नविकरणमा ऐतिहासिक सफलता प्राप्त भएपछि अधिकारीले संघका सबै आदरणीय व्यक्तित्व, उद्योगी तथा व्यवसायीहरूलाई कृतज्ञता सहित धन्यवाद व्यक्त गरेका छन्।

 

सम्बन्धित समाचार

Facebook Comments