देशव्यापी अशान्ति बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी बन्द
देशभर फैलिएका हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा अवरोध उत्पन्न भएको छ।
विमानस्थल सुरक्षा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार आन्तरिक उडान बिहानैदेखि प्रायः बन्दजस्तै भएको छ, किनभने यात्रु नहुँदा अधिकांश उडान सञ्चालन हुन सकेका छैनन्।
अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा अवतरण गर्नुपर्ने जहाजले सुरक्षा कारण अवतरण अस्वीकार गरेपछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो। यसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत विश्वका विभिन्न गन्तव्यतर्फ हुने उडानहरू पनि प्रभावित भएका छन्।
काठमाडौंमा भड्किएको हिंसाका कारण विदेशबाट आउँदै गरेका कतिपय जहाज भारतका विभिन्न विमानस्थलमा अवतरण गर्न बाध्य भएका छन् भने केही विमान फर्केर आफ्नो मूल गन्तव्यतर्फै गएका छन्।
Facebook Comments