• २ कार्तिक २०८२, शनिवार
  • २२ °C काठमाडौं
यश कुमारको ‘सुस्तरी सुस्तरी’को एमाले अध्यक्ष ओलीले गरे तारिफ

काठ्माडौं । हिजोमात्र सार्वजनिक भएको गायक तथा नायक यश कुमारको नयाँ गीत ‘सुस्तरी सुस्तरी’को नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तारिफ गरेका छन् ।

गीतले सुस्तरी-सुस्तरी नभई एकै पटकमा मन छोएको ओलीको भनाइ छ । उनले आफूलाई गीत एकदमै मन परेको बताउँदै आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भिडिओ शेयर समेत गरेका छन् । भिडिओ सँगसँगै उनले सानो पोष्ट पनि लेखेका छन् । पोष्टमा उनले एकपटक सबैलाई गीत हेर्न पनि सुझाएका छन् ।

उनले लेखेका छन, ‘कलाकार यश कुमारको ‘सुस्तरी’ले सुस्तरी होइन, एकै पटक मन छोयो । नगर प्रहरी र मकै पोलेर गुजारा चलाउने किशोरी बीचको रोचक प्रेमकथा । हिजो बेलुका युट्युबमा हेरेर लिंक शेयर गरेको छु, हेर्नुस् है । शुभ बिहानी ।’

 

सम्बन्धित समाचार

Facebook Comments