स्वास्थ्य सेवामा रोबोट र एआईको प्रयोग, अत्याधुनिक उपचार प्रणालीमा सरकारको फड्को
सरकारले आगामी आर्थिक वर्षदेखि अत्याधुनिक स्वास्थ्य सेवा प्रणालीलाई अघि बढाउँदै रोबोटिक प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को उपयोग गर्ने घोषणा गरेको छ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आधुनिक स्वास्थ्य प्रविधिको विस्तारमार्फत नागरिकको पहुँच सुनिश्चित गरिने बताएका हुन्।
“स्वास्थ्य सेवामा सबै नागरिकको पहुँचका लागि टेलिमेडिसिन र डिजिटल हेल्थ सेवा विस्तार गरिनेछ,” अर्थमन्त्री पौडेलले बजेट भाषणमा भने, “अत्याधुनिक स्वास्थ्य सेवाका लागि रोबोटिक प्रविधि तथा कृत्रिम बौद्धिकताको उपयोग गरिनेछ।”
सरकारको यो नीति डिजिटल र प्रविधिमैत्री स्वास्थ्य प्रणाली निर्माणतर्फको महत्वपूर्ण फड्कोको रूपमा हेरिएको छ, जसले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई समेत गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने अपेक्षा गरिएको छ।
Facebook Comments