• २ कार्तिक २०८२, शनिवार
  • २२ °C काठमाडौं
खिचरा महोत्सवमा आज द इलिमेन्टस ब्याण्डको प्रस्तुति

पूर्वी चितवनको खैरहनी स्थित गौचरनमा जारी नवौ खिचरा महोत्सवको चौथो दिन आज द इलइमेन्टस ब्याण्डको प्रस्तुति रहने भएको छ ।
 
खैरहनी नगरपालिका–५  गौचरनम जारी महोत्सवमा चर्चित  तथा युवाहरुमा माझ लोकपृय ब्याण्ड द इलइमेन्टस को प्रस्तुति रहने आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र न ७ का सभापति रामेश्वर चौधरीले बताउनु भयो । सपनाको मायालु, उर्जा, माया भन्छ, ठूला ठूला सहर, त्यसैले हिडे माया लगाएत दर्जानौ लोकपृय गितहरु रहेको छ । ब्याण्डका साथै थारु समुदायका चर्चित गायक विका महतो लगाएत स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने छ । त्यस्तै गरि रत्ननगर कला मन्दिरका विभिन्न नृत्यहरु पनि रहने चौधरीले जानकारी दिए ।
 
महोत्सवमा आजै चित्रकला प्रतियोगिता र रक्तदान कार्यक्रम रहेको छ । महोत्सवमा मनोरञ्जनका लागि बाल उधान सहित थारु मौलिक संस्कृति झल्किने विभिन्न सामाग्री समेत पदर्शनमा राखिएको छ । महोत्सव माघ १० गते सम्म चल्ने छ ।

सम्बन्धित समाचार

Facebook Comments