पर्वत सेवा समाज न्युयोर्क अमेरिकाद्वारा रक्तदान कार्यक्रम सम्पन्न
सुवास लामिछाने, न्यन्युवोर्क। सेवा समाज न्युयोर्क अमेरिकाले आईतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।पर्वत सेवा समाज न्युयोर्क अमेरिकाले अन्य समाजिक कार्यहरु गर्दै आईरहेको भएपनि रक्तदान कार्यक्रम भने पहिलो पटक आयोजना गरेको कार्यक्रम संयोजक बिशाल रेग्मिले बताए ।
रेग्मिका अनुसार रक्तदान कार्यक्रममा १ सय ७० जनाको सहभागिता रहेको थियो भने ६२ जनाले रक्तदान गरेका थिए । ब्लड डोनर्स न्युयोर्कको सहयोगमा रक्तदान कार्यक्रम सम्पन भएको छ ।
बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रुपमा कार्य गर्दै आईरहेको समाजिक संस्था पर्वत सेवा समाज न्युयोर्क अमेरिकाले रक्तदान नै जिवनदान हो भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरेको समाजका महासचिब प्रकाश शर्माले बताए।
बिशेष गरि पर्वत जिल्लामा जन्मेर प्रवासमा बिभिन्न कार्य गर्दै आईरहेको पर्वत सेवा समाज न्युयोर्क अमेरिका पर्वतेलिहरुको साझा संस्था हो ।समाजले प्रवासमा मात्र नभएर जिल्लामा जस्तो सुकै बिपत्ति आईपरेपनि सहयोग गर्दै आईरहेको छ । पर्वतको कुश्मा नगरपालिका सामाजिक बिकास समितिका संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष ईश्वर गिरीको प्रमुख अतिथ्थत्यतामा रक्तदान कार्यक्रम सम्पन गरिएको हो।
रक्तदान कार्यक्रम पछि बोल्दै प्रमुख अतिथि गिरीले प्रवासमा पर्वत सेवा समाजले गरेको कार्य सर्हानिय रहेको भन्दै प्रशंसा गरे । उनले प्रवासको ठाउँमा पनि पर्वतेलिहरु एकजुट भएर बिभिन्न सामाजिक कार्य गरेकोमा खुसि ब्यक्त गर्दै रक्तदान नै संसारको सबैभन्दा ठुलो धर्म र सेवा भएको बताए । उनले रक्तदान जस्तो पुण्य कार्यमा आउदो दिनहरुमा पनि लागिरहन अभिप्रेरित गर्दै रक्तदान गर्नै सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गरे । गिरी बिगत केहि समय यता देखि अमेरिकामा रहेका छन् । उनले अमेरिकामा रहेका नेपालिहरु तथा बिशेष गरि पर्वतेलिहरुले यहाँ रहेर गरेका बिभिन्न सामाजिक तथा अन्य बिभिन्न कार्यहरुको बारेमा बुझ्ने अबसर पाएको भन्दै जिल्लामा आईपर्ने बिभिन्न बिपत्ति तथा अन्य बिकासका कामहरुमा सहयोग र समर्थन गर्न आग्रह समेत गरेका थिए ।
बढ्दो नेपालि समुदाय र त्यहि अनुसारको रक्त ब्यवस्थापनगर्न सजिलो होस र नेपालि समुदायलाई आबश्यक पर्दा रगत उपलब्ध होस भन्ने उदेश्यले समाजले रक्तदान गरेको समाजका अध्यक्ष सुर्य पौडेलले बताए । रक्तदान कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष तथा पर्वत समाज न्युयोर्कका संरक्षण सल्लाहकार बाबुराम शर्मा, NRNA NCC अमेरिका का सदस्य दुर्गेश कार्कि , Joint Treasurer दिवाकर पाण्डे , लङ्ग आईल्याण्ड नेपाली समाजका अध्यक्ष राजन गौलि तथा पूर्व अध्यक्षहरू टिका ढकाल, वसन्त चापागाईं, समाजसेवी डा हरि दाहाल, विश्व वास्तोला , महेश खड्का, मोहन क्षेत्री, शंकर भण्डारीका, शंकरनारायण प्रजापति, रविन संग्रौला, पिपलमणि सिग्देल, योग राज पौडेल,कृष्ण पौडेल, विमल डाँगी वाग्लुङ्ग समाजका उपाध्यक्ष शंकर पौडेल लगायतका अन्य थुप्रै अगुवाहरूको उपस्थिति रहेको थियो ।
यस्ता सामाजिक कामले नेपालि समुदायलाई अमेरिकामा स्थापित हुन पनि सहयोग पुग्ने छ भने नेपालिहरुलाई आबश्यक पर्दा ब्यवस्थापन गर्न सजिलो हुनेछ।
Facebook Comments