एमाले निकट युवा संघ र खेलकुद महासंघको भरतपुर–१६ को अधिवेशन सम्पन्न
चितवन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद महासंघ नेपालको भरतपुर–१६, चितवनमा संयुक्त रूपमा वडा अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि युवा संघकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अमृता भट्टराई रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता युवा संघ वडा कमिटी अध्यक्ष सुजन ढकालले गर्नुभएको थियो। भने विशिष्ट अतिथिका रूपमा एमाले केन्द्रीय सदस्य पार्वती रावल, जिल्ला अध्यक्ष कमल पाठक, र अतिथिमा पार्टी वडा अध्यक्ष कल्याण अधिकारी लगायत वडा देखि केन्द्रसम्मा विभिन्न तहमा रहेका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरुले युवालाई संगठित गर्दै नेतृत्वमा अग्रसर गराउने उद्देश्य राखेका बताएका थिए। युवाहरूलाई राष्ट्र निर्माणको मेरुदण्डका रूपमा चिनाउँदै सामाजिक परिवर्तनको नेतृत्व गर्न युवाहरु अग्रसर हुनपर्ने उनिहरुको धारणा थियो।
अधिवेशनबाट नेपाल खेलकुद महासंघ भरतपुर–१६ को अध्यक्षमा आदर्श पाण्डे, उपाध्यक्षमा अनिल नेपाली, सचिवमा प्रविन कुमाल, सह–सचिवमा सन्देश बस्नेत, कोषाध्यक्षमा विवेक दराई, र सदस्यहरूमा विशाल गुरूङ, अपेश क्षेत्री, आर्यन पारु, विवश गुरूङ, रोहित वि.क, शुभाष वोहरा, समिर थापा र राहुल गुरूङ चयन भएका छन्।
त्यस्तै, राष्ट्रिय युवा संघ नेपाल भरतपुर–१६ को अध्यक्षमा होम बहादुर गुरूङ `बिक्रम’, उपाध्यक्षमा सनम महर्जन, इन्द्र माया मगर, सह–सचिवमा पुष्प नेपाली, कोषाध्यक्षमा शेर बहादुर योगि, साइबर सर्कल विभाग प्रमुखमा सक्रोज बस्नेत, युथ फोर्स प्रमुखमा अरुण पाठक र सदस्यहरुमा रोहित परियार, श्रीराम खनाल, शुशीला परियार, दीपक बानियाँ, रोशन गुरूङ, र सजंय गुरूङ चयन भएका छन्।
कार्यक्रमको प्रमुख अतिथि भट्टराइले निर्वाचित कमिटिलाइ सपथ खुवाउदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए। समापनमा नवनिर्वाचित सदस्यहरूले संगठनलाई मजबुत बनाउँदै स्थानीय स्तरमा युवाको नेतृत्व विकास तथा सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
Facebook Comments