• २ कार्तिक २०८२, शनिवार
  • २२ °C काठमाडौं
चितवन महोत्सवमा भोलि समिक्षा र भुवनको प्रस्तुति रहने

उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ ।

महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको आठौं दिन भोलि माघ ३ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

 

महोत्सव सांस्कृतिक कार्यक्रम समितिका संयोजक नारायण प्रधानका अनुसार भोलि दिउँसो ३ः०० बजेपछि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती रहने छ ।

 

११ः३० बजेपछि  इस्तब्द, आर्यन र द क्लस्टर को लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको प्रस्तुती रहने छ । यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, नेपाल दराइ उत्थान कावासोती, प्रतिभा मञ्च – २०८१ विजेता चितवन, थारु कल्याणकारी सभा चितवन, नेपाल चेपाङ् संघ चितवन, नेपाल कुमाल समाजको प्रस्तुती रहने छ । यसै गरी लोक संस्कृति तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नारायणगढले लाखे नाच समेत प्रस्तुत गर्ने छ ।

 

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

 

चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।

सम्बन्धित समाचार

Facebook Comments