• २ कार्तिक २०८२, शनिवार
  • २२ °C काठमाडौं
संविधान दिवसको अवसरमा चितवनमा बृहत निःशुल्क स्वास्थ्य शिविर

चितवन। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा भरतपुर-२४, ध्रुवस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय प्रगति चोकमा आज बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा करिब ४५० जनाले विभिन्न विशेषज्ञ सेवा पाएका छन्। 

 

बाग्मती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय,  जनस्वास्थ्य कार्यालय चितवन, बकुलहर अस्पताल रत्ननगर, भरतपुर आँखा अस्पताल, र वडा नं. २४ को वडा कार्यालयको संयुक्त आयोजनामा भएको शिविरमा जनरल फिजिसियन, आँखा, हाडजोर्नी, स्त्री रोग, प्रयोगशाला लगायतका सेवाहरू प्रदान गरिएको थियो। बकुलहर रत्ननगर अस्पतालका कन्सल्टेन्ट फिजिसियन चिकित्सक डा. शशांक कुमार सिंहका अनुसार शिविर संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्दै स्थानीय समुदायमा स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको हो।उनका अनुसार शिविरले स्थानीय समुदायको स्वास्थ्यमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। 

 

शिविरमा १५३ जनाले जनरल फिजिसियन, २२८ जनाले आँखा, १३५ जनाले हाडजोर्नी, ४५ जनाले प्रयोगशाला सेवा,  ८४ जनाले स्त्री रोग, ६० जनाले भिडियो एक्सरे र ४५ जनाले पाठेघरको मुखको क्यान्सरको परिक्षण सेवाहरू प्राप्त गरेका थिए। जसमा ४८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ भने मोतियाबिन्दु भएका १७ जनाको शल्यक्रियाका लागि सिफारिस गरिएको छ। जसको निःशुल्क शल्यक्रिया भरतपुर आँखा अस्पतालको सहकार्यमा गरिनेछ।

सम्बन्धित समाचार

Facebook Comments