• २ कार्तिक २०८२, शनिवार
  • २२ °C काठमाडौं
चितवनको तरकारीले बजार नपाएपछि किसानहरु आन्दोलित (फोटो फिचर)

भारतीय तरकारीका कारण चितवनको तरकारीले बजार नपाएपछि यँहाका किसानहरु आन्दोलित बनेका छन्। शुक्रबार चितवनका किसानले सरकारको ध्यानाकर्षण गराउन नाराणगढको पुलचोकमा ट्याक्टरका ट्याक्टर तरकारी ल्याएर सडकभरी पोखेर आन्दोलन गरेका हुन्।


नेपाली व्यापारीले भारतीय उत्पादनलाई प्रश्रय दिँदा त्यसबाट नेपाली किसान प्रत्यक्ष मर्कामा परेको र बजारीकरणमा समस्या आएकाे भन्दै त्यसको विरोधस्वरूप नचाहेर पनि सडकमा तरकारी फाल्नुपरेको कृषकहरुले बताए।

फर्सी, गोलभेँडा, काउली, बन्दालगायतका तरकारी पुलचोकमा ल्याएर फालेका हुन्। किसानहरूले सरकारको लाचारीपनका कारण किसान सडकमा आउन बाध्य भएको भन्दै तीनै तहको सरकारविरूद्ध नाराबाजीसमेत गरेका थिए।

सम्बन्धित समाचार

Facebook Comments