एमाले केन्द्रीय सदस्यमा निशा अधिकारीको उम्मेद्वारी
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेश, युवा क्लस्टरबाट केन्द्रीय सदस्य पदका लागि निशा अधिकारीले उम्मेद्वारी घोषणा गर्नुभएको छ।
२०६४ सालदेखि नेकपा (एमाले) को संगठित सदस्यका रूपमा सक्रिय रहँदै आएकी अधिकारीले २०६५ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको जिम्मेवारी सम्हाल्दै विद्यार्थी आन्दोलनबाट नेतृत्व विकासको अभ्यास गर्नुभएको थियो।
अनेरास्ववियुमा सदस्य, सचिवालय सदस्य, नारायणी अञ्चल इन्चार्ज, केन्द्रीय अनुशासन आयोग अध्यक्ष तथा केन्द्रीय उपाध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गर्दै उहाँले संगठन विस्तार, अनुशासन सुदृढीकरण र युवा नेतृत्व निर्माणमा सक्रिय भूमिका खेल्दै आउनुभएको छ।
पार्टी संगठनतर्फ जिल्ला कमिटी सदस्य, भरतपुर महानगर कमिटी उप–सचिव तथा हाल नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्यका रूपमा कार्यरत रहँदै आउनुभएको अधिकारीले युवा तथा महिला प्रतिनिधित्वलाई सुदृढ गर्दै पार्टीलाई जनमुखी, अनुशासित र भविष्यतर्फ उन्मुख बनाउन केन्द्रीय सदस्यका रूपमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
२६ °C काठमाडौं
Facebook Comments