भरतपुर अस्पतालका अध्यक्षले पत्रकारद्वय पाठक र बानियाको लागि गरे आर्थिक सहयोग
चितवन। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले पत्रकार महासंघ चितवनका दुई सदस्यको उपचारका लागि आर्थिक सहयोग गरेका छन्।
अर्बुद रोगका कारण उपचार गराइरहेका पत्रकारद्वय भूपराज पाठक र संगीता बानियाको उपचारका लागि पौडेलले आर्थिक सहयोग गरेका हुन्। मंगलबार पौडेलले उपचार कोषमा बाइस हजार दुई सय बाइस रुपैयाँ सहयोग गर्नुभएको हो ।
उहाँले क्यान्सर रोग लागेकी आमाले रोगलाई जितेसंगै पौडेलले क्यान्सरका बिरामीको उपचारमा सहयोग गदै आउनु भएको छ । सोही अनुसार पत्रकारहरु बिरामी भएको थाहा पाएर सहयोग गरेको उहाँले बताउनुभयो ।
Facebook Comments