• ३ कार्तिक २०८२, आइतवार
  • १७ °C काठमाडौं
अमेरिकामा कोभीड-१९ बिरुद्ध अर्को नोभाभ्याक्सको खोप बनाउन सिफारिस

अमेरिका,जेठ २५ ।  अमेरिकामा कोभीड-१९ बिरुद्ध अर्को खोप बनाउने नोभाभ्याक्सको खोप अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए ) सल्लाहकारहरुले सिफारिस गरेका छन् ।

अमेरिकामा प्रयोगको लागि अनुमति दिइएको यो चौथो खोप सिफारिस हो ।

मेरिल्याण्डको गैथर्सबर्गमा स्थापित नोभाभ्याक्सको एक संघीय सल्लाहकार समितिले मंगलबार सिफारिस गरेको हो । एक सर्वेक्षण अनुसार ७३ % अमेरिकीहरू थप खोप विकल्पहरू चाहन्छन भनि युएसएटुडेले समाचार लेखेको छ ।

एफडिएका खोप समिक्षा बिभागका प्रमुख डा. पिटर मार्क्सले मंगलबारको बैठकलाई खोपको हिचकिचाहटको कारणले २३ % जनताले खोप लगाउन छोडेको बताए । सरकारले थप विकल्पहरू प्रस्ताव गर्नु पर्ने बताए ।

नोभाभ्याक्ससँग लाखौं खोप खुराकहरू उपलब्ध छन् र अधिकार प्राप्त गरेपछि पठाउनका लागि तयार रहेको बताएको छ। नोभाभ्याक्स खोपलाई वयस्कहरूलाई दुई डोज(खुराक)मा मात्र प्रयोग गर्न अनुमति दिइनेछ।

दुई खुराक नोभाभ्याक्स खोप २०२० को अन्त र २०२१ को सुरुमा गरिएको ठूलो अध्ययनमा सुरक्षित र ९०% प्रभावकारी देखाइएको थियो।

खोपको परीक्षण गरिएपछि कोरोना भाइरसका विभिन्न प्रकारहरू देखा परेका छन्, तर नोभाभ्याक्सका अधिकारीहरूले खोप प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

२२ सदस्यीय समितिले खोपलाई अधिकार दिने पक्षमा २१-० मत परेको थियो।

नोभाभ्याक्स खोपहरू पहिले नै अष्ट्रेलिया, क्यानडा, युरोपका भागहरू र दर्जनौं अन्य देशहरूमा प्रयोग भइसकेका छन्। तर अमेरिकी सरकारले अनुमति नदिएकोले मेरिल्याण्डमा आधारित प्रतिष्ठानको लागि प्रमुख बाधा हो।

सम्बन्धित समाचार

Facebook Comments