• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
सेयर बजार अब सातामा छ दिन खुल्ने

काठमाण्डौं,जेठ ३० । आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ ।

सरकारले गत १ जेठेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो । आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ । तर, सार्वजनिक बिदाको दिन र शनिवार भने नेप्से बन्द रहनेछ ।

आइतबार बढेको सुनको मूल्य सोमबार घट्यो : सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाली बजारमा आइइबारको तुलनामासोमबार तोलामा ३०० रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ ।

आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने : आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ ।

सरकारले गत १ जेठेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो । आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ । तर, सार्वजनिक बिदाको दिन र शनिवार भने नेप्से बन्द रहनेछ । 

सम्बन्धित समाचार

Facebook Comments