नेपाली कथानक चलचित्र 'अभियान'को ट्रेलर सार्बजनिक (ट्रेलर सहित)
इटहरी,असार ५ । तामाङ ऎतिहासिक थाकथलो 'किपट' को कथामा निर्माण भएको नेपाली चलचित्र 'अभियान' को पोस्टर, ट्रेलर र एक गीत सार्बजनिक गरिएको छ । हिजो असार ३ गते इटहरीमा एक पत्रकार सम्मेलन गरेर सार्बजनिक गरिएको हो । पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा आयोजना गरिएको ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका टिम सहित प्रदेश १ का कलाकर्मीको समेत उपस्थिति रहेको थियो । चलचित्रमा स्व.जयनन्द लामाको समेत प्रमुख भुमिका रहेको छ । ट्रेलर रिलिज कार्यक्रममा लामाको सम्झनामा दियो बाल्दै मौन धारण गरिएको थियो । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलरलाई युट्युबमा भने ओएसआर डिजिटलबाट सार्बजनिक गरिएको छ ।
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख आतिथ्यतामा भएको उक्त पत्रकार सम्मेलनमा चलचित्रका लेखक तथा निर्देशक लाखमान योन्जन तामाङले 'अभियान' निर्माणका क्रममा ५५ लाख लगानी लागेको जानकारी गराए । कोशी भिजन फिल्म्सको ब्यानरमा बनेको चलचित्रकी निर्माता मैना घिसिङ हुन् । चलचित्रको ट्रेलर सार्बजनिक गरिए पनि प्रदर्शन मिति भने तय भएको छैन । प्रदर्शनको लागि उपयुक्त मितिको पर्खाई रहेको र चाडै नै सो मिति पनि घोषणा गर्ने लामाको भनाइ छ । हाललाई ट्रेलरमा चाडै प्रदर्शन हुँदैछ भनेर सार्बजनिक गरिएको हो । हेर्नुस् ट्रेलर यस्तो बनेको छ ।
Facebook Comments