पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई भाडासमेत वृद्धि
काठमाण्डौं,असार ६ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई भाडासमेत वृद्धि भएको छ । नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको हो ।
वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने बताईएको छ । अब काठमाडौं–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ ।
यो सबैभन्दा उच्च दर हो । कम्पनीहरुले प्रतिस्पर्धाका आधारमा यसभन्दा कम मूल्यमा टिकट बेच्न सक्छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्याएको छ । काठमाडौंबाट सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेको छ ।
सबैभन्दा कम काठमाडौँ–सिमरा ७० रुपैयाँले बढेको भाडा अनुसार अधिकतम ४ हजार १९५ रुपैयाँ तोकिएको छ ।
Facebook Comments