• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
राष्ट्रपति रनिङ सिल्ड : काठमाडौं महानगरपालिका च्याम्पियन

काठमाण्डौं ,असार १७ । ११ औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा काठमाडौं महानगरपालिका टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश खेलकुदमा काठमाडौं १४ स्वर्ण, १० रजत र १४ कांस्य पदकसहित समग्रमा टिम च्याम्पियन बनेको हो ।

शिक्षा बिभाग प्रमुख राम प्रसाद सुबेदी का अनुसार काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ११ रजत र ११ कांस्यसहित गोकर्णेश्वर नगरपालिका दोस्रो, चन्द्रागिरी नगरपालिका १० स्वर्ण, १० रजत १८ कांस्य जित्दै तेस्रो भएको जानकारी गराउनु भयो ।  

यसैगरी बूढानीलकण्ठ नगरपालिका ७ स्वर्ण, ७ रजत र ६ कांस्य, शङ्खरापुर नगरपालिका ६ स्वर्ण, ५ रजत र ४ कांस्य, नागार्जुन नगरपालिका ३ स्वर्ण, ३ रजत र ४ कांस्य तथा तार्केश्वर नगरपालिका १ स्वर्ण र १ रजत जित्दै क्रमशः चौथोदेखि सातौं स्थानमा रहे । 

 तीनदिने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा भएको थियो । विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, आयोजक समितिकी कार्यालय प्रमुख ज्योति राईलगायतले पुरस्कार प्रदान गर्नु भयो । 

सम्बन्धित समाचार

Facebook Comments