• ५ वैशाख २०८३, शनिवार
  • २१ °C काठमाडौं
मेलिना र बिकुको स्वरमा  'दुधको साक्षी बिरालो'  सार्वजनिक ( भिडियो )

काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक बिकु क्षेत्रीको युगलमा स्वरमा  समावेश 'दुधको साक्षी बिरालो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा शब्द ईट्टाघरेको रहेको छ भने संगीत दिपक शर्माको रहेको छ।  गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ।  

रोशन बिकले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन्।  भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।  गीतकार ईट्टाघरेको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रहको गरेको छ।  

 

सम्बन्धित समाचार

Facebook Comments