बोर्डमा मेरो आवेदन चैं केहि गर्न सक्छु म भनेरै दिएको हुँ - नरेश पौड्याल ( बरिष्ठ चलचित्रकर्मी )
काठमाण्डौं,साउन ६ । तीन दशक भन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निर्माता, निर्देशक तथा कलाकारको रुपमा सक्रिय छन् नरेश पौडेल । २०४९ सालमा ‘अपराध’ फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।
उनले ८ वटा चलचित्र बनाएका छन् । अन्य थुप्रै चलचित्रमा अभिनय गरेका छन् उनी निर्माता हुँदै चलचित्र क्षेत्रमा भित्रिएका हुन् ।
बलिउड फिल्म ‘लभ इन नेपाल’ समेत निर्देशन गरेका उनले भारतीय केही टेलिसियल पनि निर्देशन गरेका छन् । राष्ट्रिय नाचघरको महा प्रबन्धक भएर कार्य गरेको अनुभव समेत सँगालेका पौडयाल ५, ६ भाषामा दक्खल राख्छन् ।
विकास बोर्ड अध्यक्षको जिम्मेवारी आफूले पाए चलचित्र पर्यटनको विकास, अन्तर्राष्ट्रिय क्षेत्रका नेपाली चलचित्रको प्रदर्शन लगायतमा काम गर्ने पौडयालले बताए । उनीसँग पर्यटन क्षेत्रको समेत अनुभव छ । यसै प्रसंगको सेरोफेरोमा लिईएको अन्तर्वाताको अंश :-
अहिले के मा ब्यस्त हुनु हुन्छ ?
नरेश पौड्याल – अहिले म निर्देशक प्रदिप भट्टराईको चलचित्र महापुरुषमा अभिनय गरी रहेको छु र त्यो मेरो लागि अझ बढी कौतुहलतापूर्ण रहेको छ यो चलचित्र किन भने यसमा मदन कृष्ण श्रेष्ठ,हरी बंश आचार्य दाईहरु सँगै काम गर्ने मौका पाएको छु कलाकारको रुपमा । मेरो ३१ बर्षको चलचित्रको यात्रामा न मैले वहाँहरुलाई कलाकारको रुपमा आफ्नो चलचित्रमा लिए न कहिले कुनै म कलाकारको रुपमा खेल्ने मौका पाएँ । त्यसकारणले चै अब महापुरुषमा पाइयो । यो दारीसारी पालेको पनि महापुरुष कै लागि हो । अर्को म १७ – १८ बर्ष पछी आफ्नो धड्कन–२ बनाउने सुरमा छु । त्यसको पटकथा लेख्ने काम भई रहेको छ ।
कति बर्षको अन्तराल पछि फेरी चलचित्र निर्देशनमा काम शुरु गर्दै हुनुहुन्छ ?
नरेश - २०६७ सालमा मेरो आफ्नै निर्देशनमा दिपशिखा प्रर्दशन गरेको हु“ । म पर्यटन ब्यावसायी सँग पनि सम्बन्धीत भएकाले ५—७ बर्ष त्यसैमा रुमलिए“ । तर त्यो बिचमा मैले कलाकारको रुपमा खेलेको छु ।
भनेपछि यहाँले निर्देशन छाडेर कलाकारितामा पाइला चाल्नु भो ?
नरेश - शुरुशुरुमा त मैले एक दुई वटा लहड मै खेलें तर पहिले पनि गर्थें स—सानो भुमिकामा जस्तो कि डिएसपी,डाक्टरको रुपमा र साथिभाईले अनुरोध गरे भने खेल्थें तर कलाकार कै रुपमा गर्छु भन्ने चैं जंगे चलचित्र लहडमा खेलेको हु“ मैले,जस्मा निर्देशक उज्जल थापाको समुह सामिप्यताले मलाई अफर आयो दाई एउटा रोल खेलीदिनु प¥यो भनेपछि न पैसाको कुरा भयो क्यै भयो अनि बिरगंजमा सुटिङ भएको थियो । अनि जंगे रिलिज भयो चलचित्र पनि ठिकै चल्यो क्यारे तर कस्तो भैदियो भने त्यो चलचित्रबाट म अभिनय गर्न सक्ने रहेछु भन्ने मलाई पनि ज्ञान भयो अनि मेरो छोरीहरु जो अमेरिकामा बस्छन् उनीहरुले पनि युटुबमा हेरे ओहो पापा हजुरले पनि राम्रो एक्टीङ गर्नु हु“दो रहेछ भने अब छोरीहरुले भनेपछि ए होकि क्या हो जस्तो लाग्यो । सबभन्दा पहिले त घरपरिवार नै हो समिक्षक त्यसैले उनिहरुले भनेपछि अहिले मैले लगातार अभिनय गरिरहेको छु । अभिक्षिन्नरुपले काम गरीरहेको छु ३१ बर्ष भयो । यो बर्ष मेरो ४ वटा चलचित्र आउ“दैछ ।
अनि चलचित्र बिकास बोर्डमा पनि आवेदन दिनु भएको छ नि ?
नरेश - हो मैले पनि आवेदन दिएको छु र आजै मात्र अन्तर्वाता दिएर आएको छु ।
उसो भए तपाई बोर्डको अध्यक्ष हुनु भयो भने यो क्षेत्रको बिकासका निम्ती के के योजनाहरु छन् ?
नरेश - अहिले आवेदन दिईसकेपछि चैं क्यै गर्न सक्छु म भनेरै दिएको हु“ । किन भने अब त्यहाँ गएर मलाई पोजपाज दिनु छैन । किन भने मेरो नामले नै अझ अचेल त मलाई अनुहारले पनि चिन्छन् । नेपाली सिनेमाको मान्छे धेरै बर्ष देखि काम गरीरहेको ब्यक्ति भनेर सबलाई थाह छ । अर्को कुरा पैसा कमाउनको लागि या त्यो पैसा कमाउने ठाउँ पनि होइन । अब पैसा कमाउने भनेर मलाई कहिल्यै चाहना पनि भएन । नत्र म पनि ब्यपार गर्थे होला वा अन्य अरु केहि गर्थे होला । या अब राजनितिमा जान्थें होला त्यस्तो भएन, यदि म बोर्डको अध्यक्ष पाए भने २ बर्षको पदावधी हुन्छ त्यहा“ २ बर्षमा म केहि गर्न नसके पनि २/३ वटा कुराहरुमा सारै राम्रो काम गर्न सक्छु होला भन्ने सोच भएर मैले आवेदन दिएको हुँ । म गर्छु पनि मेरो सोच पनि छ । तत्कालै गर्न सकिने ३ वटा काम चैं गर्छु नै त्यसलाई क्रान्तिकारी भन्न सकिन्छ ।
Facebook Comments