• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
बरिष्ठ साहित्यकार तथा समाजसेवी कमला प्रसाई नेपालमा 

काठमाण्डौ,साउन ७ । अमेरिकामा रहेर कलम चलाई रहनु भएकी बरिष्ठ साहित्यकार तथा समाजसेवी कमला प्रसाई नेपाल आउनु भएको छ । अमेरिकाबाट शनिबार वहाँ नेपाल आउनु भएको हो । 

नेपाली साहित्य जगतमा ३ दशक लामो समय कलम चलाउनु भएकी साहित्यकार प्रसाई यस पटक साहित्यिक कार्यक्रम र पारिवारिक भेटघाट रहेको हामीलाई बताउनु भयो । 

उनको चितामाथिको लास पुर्णाङ्की नाटक, ह्रिदय भित्रको गीत संग्रह,सिमाना कबिता संग्रह चर्चित छन् । बिभिन्न पत्रपत्रिका,मासिक पत्रिका तथा अनलाइन पत्रिकाहरुमा लेख रचना छपिने गरेका छन् । 

एक प्रश्नको जवाफमा पहिले भन्दा यस पटकको नेपाल बसाइ अर्थपूर्ण र उपलब्धीमुलक रहने बताइन । 
करिब १ महिनाको बसाइमा कला,साहित्य र सामाजिक सेवामा समर्पित ब्यक्तित्व र केही राजनीतिक नेत्रुत्वहरु सँग पनि भेट हुने बताइन । 
           

सम्बन्धित समाचार

Facebook Comments