• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
बंगलादेशको जहाँगिरनगर विश्वविद्यालयमा फोटो ​​पत्रकारितासम्बन्धी अन्तरक्रिया नेपालका फोटो पत्रकार वन्तले सुनाए अनुभव

बंगलादेश, साउन ८ । नेपालका अग्रज फोटो पत्रकार, राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले बंगलादेशमा पुगेर फोटो पत्रकारिताकाका विविध आयाम र चुनौतीका बारेमा आफ्ना अनुभव सुनाउनुभएको छ ।

बंगलादेशस्थित जहाँगिरनगर विश्वविद्यालयको ​​पत्रकारिता तथा सञ्चार अध्ययन विभागद्धारा ढाकामा आयोजित फोटो पत्रकारिताका सम्बन्धमा विशेष अन्तक्रिया कार्यक्रममा उहाँले विश्व र नेपालको फोटो पत्रकारिताको अबस्था, कोभिड १९ तथा यस्ता महामारीका विषयमा फत्रकारले भोग्नुपरेका चुनौती र फोटो पत्रकारको भूमिकाका विषयमा जानकारी दिनुभएको थियो । 

विश्वविद्यालयको पत्रकारिता तथा मिडिया अध्ययन विभागको कक्षमा आज आइतबार आयोजना गरिएको उक्त गोष्ठीका प्रमुख वक्ताका रुपमा कार्यक्रममा सहभगि एनएफपीजेका अध्यक्ष वन्तले पत्रकारले कठिन समयमा कसरी सङ्घर्षका साथ काम गर्नुपर्छ भन्ने बारेमा अनुभव सुनाउनुभएको थियो ।

कोभिड-१९ मात्र होइन, कुनै पनि अप्ठ्यारो अबस्थामा पत्रकारले काम गर्नुपर्ने भएकाले जस्तो सुकै परिस्थितिमा पनि पेशागत मर्यादालाई भूल्न नहुनेमा उहाँको जोड थियो ।

अध्यक्ष वन्तले कोरोनाकालमा नेपाली फोटो पत्रकारले खेलेको भूमिका र उनीहरुमा परेको विभिन्न समस्याका बारेमा समेत जानकारी गराउनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘कोभिडको समय फोटो पत्रकारका लागि धेरै गाह्रो थियो, त्यसबेला हामीले धेरै जोखिम उठायौँ, सुरुका दिनमा जब कोभिड लागेका विरामीको फोटो खिच्न जान्थेंँ, मसँग कुनै सुरक्षा उपकरण थिएन, जोखिम मोलेरै काम गरेँ।’

उहाँले फोटो पत्रकारलाई मात्रै होइन हाम्रो संस्था एनएफपिजेबाट पनि नागरिकलाई सहयोग गर्ने प्रयास गरेको जानकारी गराउनुभयो । कोभिडको खोप उपलब्ध हुन नसकेका पत्रकारलाई खोप उपलब्ध गराउन सक्रिय भएर लागेको पनि उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments