• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
१० औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्री सेमिनार तथा कोर्स सुरु

काठमाडौं, साउन ११ । नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्री सेमिनार बुधबारदेखि सातदोबाटोमा सुरु भएको छ । बुधाबारैदेखि ११ औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रिफ्रेसर कोर्समा पनि सातदोबाटोमा सुरु भएको छ ।

सेमिनारमा १ सय ३९ तथा कोर्समा १ सय ६० सहभागी छन् । सहभागी सबै बागमती प्रदेशका हुन् । बागमतीका अन्यको सेमिनार र कोर्स चितवनमा भदौ ८ देखि ११ गतेसम्म हुनेछ ।

कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सातै प्रदेशमा कार्यक्रम आयोजना गरिने तेक्वान्दो संघले जनाएको छ । कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ ।

सम्बन्धित समाचार

Facebook Comments