• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
चलचित्र प्रकाशमा जुम्लाको कथा, नेपाली समाजको यथार्थता

प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन् । आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको उक्त चलचित्रको प्रवद्र्धनका लागि बिहीबार पोखरा आएका कलाकारहरुले एकसाथ चलचित्रले नेपाली समाजको यथार्थतालाई देखाउन खोजेको बताए ।

“चलचित्र प्रकाश समाजको यथार्थतामा आधारित कथा हो । यसको मुख्य भूमिकामा अभिनय गर्न पाउँदा मलाइ खुसी लागेको छ”, चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा नायक प्रदीप खड्काले भने, “चलचित्र जुम्लामा छायाङ्कन गरिएको भएपनि नेपाली समाजको यथार्थता, भोगाइलाई तथा समस्यालाई कथामा देखाउन खोजिएको छ ।”

चलचित्रमा जुम्लाको गरिब परिवारको विपन्नतामा हुर्केका एक सदस्य प्रकाशको शिक्षक बन्ने सपनाराजधानि दैनिकमा खबर छ । र त्यससँग उनको सपना पूरा गर्न जोडिएका विभिन्न घटनाक्रमलाई प्रस्तुत गर्न खोजिएको छ । आफ्नो सपना पूरा गर्न गर्नुपर्ने विविध सङ्घर्षको कथालाई चलचित्रले देखाउन खोजेको बताउँदै उहाँले प्रकाशले आफूलाई कलाकार बनाएको उल्लेख गरे ।

पोखरेलीबाट आफूले मायाँ पाइरहेको बताउँदै खड्काले चलचित्र प्रकाशलाई सफल बनाउन पनि पोखराबाट महत्वपूर्ण सहयोग मिल्ने आशा व्यक्त गरे । चलचित्रकी नायिका दिया मास्केले कुनै पनि पुरुषको हरेक सफलतामा महिलाको हात हुने कुरालाई आफ्नो भूमिकामार्फत देखाउन खोजेको धारणा राखिन् । नेपाली जनजीवनलाई वास्तविकरुपमा चित्रण गरिएको उल्लेख गर्दै उनले अभिनयका क्रममा देखे भोगेका विभिन्न अनुभव सुनाइन् । पोखरा आफ्नो घर भएकाले पनि यहाँबाट अत्यधिक माया पाइने मास्केको विश्वास छ ।

चलचित्र लेखक विकास सुवेदीले ‘प्रकाश’ सबैको कथा भएको बताउँदै जीवन सङ्घर्षको पहाड भएको विषयलाई चलचित्रले स्पष्टरुपमा चित्रण गर्न खोजेको बताए । पत्रकारिता क्षेत्र हुँदै आफू चलचित्रमा प्रवेश गरेको अनुभव सुनाउँदै उनले पत्रकारिताका क्रममा देखे भोगेका विविध समस्यालाई चलचित्रमा उतारिएको धारणा राखे ।

“एक गरिब परिवारमा जन्मेको व्यक्तिले शिक्षक बन्न गर्नुपरेको सङ्घर्षलाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ”, उनले भने “यो सबैको कथा हो, समाजको वास्तविकता हो ।” चलचित्र निर्माणका सन्दर्भमा झण्डै एक वर्ष अध्ययन अनुसन्धान गरिएको बताउँदै सुवेदीले प्रदर्शन हुने तयारीमा आउँदा अरु दुई वर्ष लागेको बताए । हालसम्म करिब रु दुई करोड लगानी भइसकेको जानकारी दिँदै उनले लागत रु दुई करोड ५० लाखसम्म पुग्न सक्ने बताए ।

चलचित्रका निर्देशक दिनेश राउतले समाजको यथार्थपरक कथालाई समेत व्यवसायिकीकरण गर्नुपर्ने आवश्यकतालाई औँल्याउँदै प्रकाशले नेपाली समाजको यथार्थतालाई जीवन्तरुपमा चित्रण गरेको बताए । आफू राम्रो कथाको खोजीमा रहेको र चाहेजस्तो कथा पाएकाले पनि ‘प्रकाश’ निर्देशनका लागि तयार भएको उहाँको भनाइ छ । चलचित्र ‘प्रसाद’पश्चात् लामो समयको अन्तरालमा ‘प्रकाश’ निर्देशन गरेको उहाँले जानकारी दिए ।

चलचित्रमा प्रकाश घिमिरे, राजन खतिवडालगायतका कलाकारको अभिनय गर्नुभएको छ । निर्माता महेन्द्र अधिकारी रहनुभएको चलचित्र विनिस इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण गरिएको हो ।

सम्बन्धित समाचार

Facebook Comments