• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
टानको अध्यक्षमा निलहरी बाँस्तोला बिजयी

काठमाण्डौं,साउन ३१ ।   पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बाँस्तोला विजयी भएका छन् । सोमबार सम्पन्न अधिवेशन तथा निर्वाचनमा प्रतिस्पर्धी रामप्रसाद सापकोटा र बोधराज भण्डारीलाई हराउँदै उनी विजयी भएका हुन् ।

बाँस्तोलाले ७३५ मतका साथ विजयी भएका हुन् । उनको समूहबाट वरिष्ठ उपाध्यक्षमा कृष्ण दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, सचिवमा होमनाथ भट्टराई र कोषध्यक्षमा पुरुषोत्तम तिमल्सिना निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरुमा रामप्रसाद बन्जरा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, र कृष्णबहादुर निर्वाचित भएका छन् । निर्वाचनमा भने ९५१ मत मात्र खसेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments