• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
चितवनमा लुकेकाे दरबार, जहाँ कसैको ध्यान पुग्दैन

चितवनमा दरबार छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। त्यसमाथि भरतपुर मै छ भन्दा त झन् अचम्म नलाग्ने कुरै भएन। चितवनकाे दरबारको विषयमा धेरैलाई केही थाहा नै नहुन सक्छ। विशेषगरी नयाँ पुस्तालाई त थाहा हुने कुरै भएन। चारै तिरबाट जगंलले घेरिएको नारायणी नदि किनारमै भएकाे दरबारलाई देख्न त परकाे कुरा यसकाे इतिहास बारे चितवनबासि धेरैले सुन्न समेत पाएका छैनन्। चितवनको एउटा ऐतिहासिक र पर्यटकीय हिसावले निकै महत्वपूर्ण दियालो दरबारको कतैबाट चर्चा नै सुनिदैन। यसलाई यसरी बन्देज बनाएर राखिएको छ कि लाग्छ यसलाई देखाउन साथ कसैले टपक्कै टिपेर लैजाने भएर पाे हाेकि यति सार्है गरिएको। चितवनले चितवनको पर्यटकीय गन्तव्यहरु धेरै पटक छुट्टाएकाे छ। तर यसमा दियालो दरवार भने कहि कतै कहिले समावेश गरेको पाइँदैन भने राज्यले पनि दियालो दरबारलाई कहिले खाेजेकाे छैन। यसको विषयमा चासो नै व्यक्त गर्दैन।

नेपालमा गणतन्त्र आएपछि नेपाल ट्रष्टको स्वामित्वमा रहेको यस महत्वपूर्ण र ऐतिहासिक दियालो दरबार हेर्ने अवसर नेपाली सेना र सरकारका विशेष अधिकारी बाहेक अन्यले कमैले मात्रै पाएका हाेलान्। यो दरबार नेपाली सेनाले सुरक्षा प्रदान गरी राखेको छ । पर्यटकीय गन्तव्यका रुपमा परिचित चितवनमा रहेको दियालो दरबार सर्वसाधारणले अवलोकनको अवसर अहिलेसम्म पाएका छैनन् । राजसंस्थाको मुख्य दरबार नारायणहिटी सर्वसाधारणका लागि खुला गरिसक्दा पनि  दियालो दरबार भने लुकाइनु दुःखद विषय रहेकाे छ। ऐतिहासिक महत्व बोकेको दियालो बंगाला दरबार अहिले नेपाल ट्रष्टको मातहतमा रहेको छ । सुरक्षार्थ नेपाली सेना र नेपाल ट्रष्टका सात जना कर्मचारीबाहेक अरु कोही यस दरवार परिसरमा प्रवेश समेत गर्न पाउँदैनन् ।

नेपाली सेनाको घेरामा जंगलभित्र एकान्तमा रहेकाे दियालो बंगला दरबार राजा महेन्द्रकाे प्रिय दरबारको रुपमा लिइन्छ। दियालो दरबार शाहबंशीय राजाहरूको शितकालीन दरबार हो भनेर भन्ने समेत गरिन्छ। राजा महेन्द्रले २०२६ यसको निर्माण गर्न लगाएका थिए । यो दरबारमा सबै भन्दा धेरै पनि राजा महेन्द्रनै बस्ने गर्दथे भने राजा बिरेन्द्र पनि माघेसक्रन्तिको अबसर परेर बस्न आउने गरेको र राजा ज्ञानेन्द्र पनि यँहा एक दिनका लागि आएकाे सुन्न पाइन्छ। राजा महेन्द्र  २०२८ माघ ३ गते १ महिनाको लागि चितवन भ्रमणमा आएकाे र उनले एक महिना पूरा गर्न नपाउदै माघ १६ गते राति ११ बजे दियालो बगांलामानै अचानक हृदयघात भएर मृत्युु भएकाे समेत सुन्न पाइन्छ। त्यसैले राजा महेन्द्रकाे प्रीय दरबार मात्र नभएर राजा महेन्द्रले अन्तिम सास लिएको ठाउँको रुपमा पनि यस दरबारलाइ लिइन्छ। त्यसैले पनि यस दरबारलाई संचालनमा ल्याउन सके मात्र पनि चितवनलाई थप पहिचान मिल्ने देखिन्छ।

चितवनको ऐतिहासिक भुमिलाइ पनि दरबारले थप पुष्टि गर्दछ। नेपाली सेनाले सुरक्षा दिँदै आएको सो बंगलालाई संग्रहालय बनाई प्रवेशका लागि शुल्क निर्धारण गरी सर्वसाधारणलाई खुला गर्नसके पर्यटकीय क्षेत्रमा थप मद्दत पुग्ने देखिन्छ। नेपाल ट्रस्टको कार्यालयले दियालो बंगलालाई पर्यटकीय स्थलका रूपमा प्रवर्द्धन गर्ने निर्णय गरेको यताकता सुन्न त पाइन्छ। यद्यपि यसलाई सञ्चालनमा ल्याउनसके राम्रै हुने देखिन्छ।

सम्बन्धित समाचार

Facebook Comments