कृष्णचाेक युवा क्लबले दशैको अवसरमा खुल्ला नृत्य प्रतियोगिता गर्ने
कृष्णचाेक युवा क्लब भरतपुर-२१,२३ ले बिजया दशमीको अवसरमा खुल्ला नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
यसअघि विभिन्न चाडपर्वमा पनि क्लबले गर्दै आएको विविध सास्कृतिक कार्यक्रम लाई निरन्तरता दिदै यस वर्ष काे दशैमा खुल्ला नृत्य प्रतियोगिता तथा राष्ट्रिय स्तरकाे कलाकारहरुको प्रस्तुति सहितकाे कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष बुद्वि बहादुर घिसिङले जानकारी दिनुभयो । उहाँले समाजमा लुकेर बसेको प्रतिभालाई नृत्य प्रतियोगिताले थप प्रोत्साहन मिल्ने आशा व्यक्त गर्दै कार्यक्रम आयोजना गरेको बताउनुभएको हो।
नृत्य प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गर्ने लाई नगद रु ५० हजार, द्वीतीय हुने लाई रु ३० हजार, तृतीय हुनेलाइ रु १५ हजार र सान्त्वना हुनेलाई ७ हजार ५ सय सहित साथमा प्रमाणपत्र प्रदान गरिने कार्यक्रमकाे संयाेजक यादेश लामाले जानकारी दिनुभएकाे छ। कार्यक्रममा सहाभागी हुन प्रतियोगिले रु १ हजार दर्ता शुल्क तिर्नुपर्ने, एउटा समुहमा ८ जना भन्दा बढि सहभागी हुन नपाइने र ५ मिनेट भन्दा बढिको गितमा नृत्य प्रस्तुत गर्न नपाइने लामाले बताउनुभयो।
प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले असाेज १ गते देखि असोज ९ गते भित्र समुह दर्ता गरीसक्नुपर्ने आयाेजकले जनाएको छ। कार्यक्रम यही असोज १५ गते कृष्ण चोकमा बिहान ११ बजे बाट सुरुहुनेछ भने कार्यक्रममा राष्ट्रिय कलाकार प्रकाश सपूत, प्रीति आले, ज्योती मगर, करिश्मा ढकाल र शेखर घर्ती मगरको प्रस्तुति रहने छ।
Facebook Comments