चितवनमा डेङ्गु संक्रमण बढ्दै, साउन यता मात्र ५ सय ७५ जनामा संक्रमण पुष्टि
चितवनमा डेङ्गु संक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन १ गते यता चितवनमा गरिएको परीक्षणबाट पाँच सय ७५ जनामा डेङ्गु संक्रमण पुष्टि भइसकेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १ गतेदेखि हालसम्म तीन हजात ७९१ जनामा परीक्षण गरिएको छ । जसबाट पाँच सय ७५ जनामा संक्रमण पुष्टि भएको कार्यालयको तथ्याङ्क छ ।
संक्रमण पुष्टि भएका सबै चितवनका भने होइनन् । संक्रमित मध्ये तीन सय ६८ जना चितवनका हुन् । एक सय ३१ जना अन्य जिल्लाका हुन् भने ७६ जनाको ठेगाना खुल्न नखुलेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
Facebook Comments