• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको  आत्याधुनिक सेवा विस्तार मा

 

भरतपुर, ९ असोज । भरतपुरमा रहेको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले अत्याधुनिक उपकरण सहितको सेवा विस्तार गरेको छ ।  पछिल्लो एक वर्समा आस्पातल सेवा विस्तारका ५० बढी काम गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम पछिल्लो समय अस्पतालमा आवश्यक पर्ने अत्याधुनिक उपकरणहरु खरिद गरी सेवालाई थप विस्तार गरेको बताउनुहुन्छ । उहाँका अनुसार सिओटु माईक्रोस्कोप लेजर मेसिन खरिद गरी मुखको तथा श्वासनलीका क्यान्सरहरुको अत्याधुनिक माध्यामबाट अप्रेसन सेवा नियमित गरिएको छ । शल्यक्रिया कक्षमा भएको शल्यक्रियाको अवस्थाबारे प्रत्यक्ष रुपमा बिरामीका कुरुवाले कक्ष बाहिर टिभीमार्फत् हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

यस्तै खाना नली र श्वास नलीमा रहेको समस्याको इन्डोस्कोपी युएसजी गरी क्यान्सर रोगको निदान गर्ने ईबियुएस÷ईयुएस उपकरणबाट काम हुँदै आएको गौतमले बताउनुभयो । नयाँ प्रविधिको इन्डोस्कोपी  सेवा अस्पतालले शुरु गरेकाले क्यान्सरको समयमानै पत्ता लगाउन सकिने भएको हो ।

तीन वर्षदेखि अवरुद्ध रहेको गामा क्यामरा मर्मत गरी पूर्ण रुपमा सञ्चालन गरिएको बताउँदै डा.गौतमले भन्नुभयो “ग्लोबल टेण्डर मार्फत् रेडियोथेरापीमा प्रयोग हुने लिनियर एक्सिलेटर मेसिन खरिद गरी सञ्चालनको अन्तिम प्रकृयामा छ । सिटी स्क्यानका बिरामीहरुको अत्याधिक चाप भएपछि १२८ स्लाईसको थप एक थान सिटी स्क्यान मेसिन खरिद गरी सञ्चालनमा आइसकेको उहाँले जानकारी दिनुभयो ।अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्माले बिरामीलाई सहज सेवा प्रवाह गर्न अस्पतालमा व्यवस्थित नेटवर्किङ गरी सेवालाई चुस्त बनाईएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “मलेकुलर ल्याब स्थापना गरी हालसम्म ८५ हजारभन्दा बढीको पिसिआर परीक्षण गरिसकेका छौं ।” कोभिडको दोस्रो लहरमा १४० बेडको छुट्टै कोभिड वार्ड सञ्चालन गरी सेवा दिएको उहाँले बताउनुभयो । डा. शर्माले भन्नुभयो “हामीले क्यान्सरका बिरामीलाई बाधा नपर्ने गरी कोभिडका बिरामीलाई पनि सेवा दियौं ।”

कोभिडसँगै अस्पतालमा हाईफ्लो अक्सिजन अपग्रेड आत्यावश्यक पर्ने देखिएकाले भैरहेको संरचनामा हाईफ्लो ओ टु गर्न नमिलेकोले १४२ बेडमा स्तरोन्नती गरि हाईफ्लो गरी सेवा दिने व्यवस्था गरिएको छ । उहाँले अगाडि थप्नुभयो “अक्सिजन अभाव हुन नदिने लिक्विड अक्सिजन ट्यांक जडान गरेका छौं । हामीलाई अक्सिजनको अभाव हुँदैन ।”

कार्यकारी निर्देशक डा. गौतम अस्पतालभित्र पानीको अभाव हुन नदिन डिप बोरिङ गरी पानीको आपूर्तिलाई सहज बनाईएको बताउनुहुन्छ । हाल अस्पताललाई नेपाल सरकारले ५०० शैया सञ्चालनको स्वीकृति दिएको छ । अस्पताल आउने बिरामीलाई सूचना प्रवाह गर्न अस्पतालका विभिन्न ठाउँमा डिजिटल डिस्प्ले जडान गरिएको छ । इमर्जेन्सी वार्डलाई सेवा सहज हुने गरी पुननिर्माण गरिएको अस्पतालले जनाएको छ । अस्पतालको एउटा प्रयोगशालाले धान्न नसक्ने अवस्था आएपछि इन्डोर प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याई २४ सैं घण्टा रिपोट आउन सक्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो “प्रयोगशालाको रिपोर्ट मोबाईलमा हेर्न मिल्ने बनाएका छौं । यसबाट रिपोर्ट लिन लाईन बस्नु पर्दैन ।”

अस्पतालले सामाजिक क्षेत्रमा पनि कार्य गर्दै आएको छ । समुदायस्तरमा पुगेर क्यान्सर सचेतना कार्यक्रम गर्नुका साथै पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित गर्ने उद्देश्यले किशोरी (बालिका) हरुलाई दिइने एचपिभि खोप गरिद गरी भरतपुर महानगरपालिका र माडी नगरपालिकामा ३२ वटा खोप केन्द्र मार्फत ३ हजार ४०० भन्दा बढी किशोरीहरुलाई यो खोप लगाईएको छ ।

कार्यकारी निर्देशक डा. गौतमले शैक्षिक कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षा आयोगबाट दुई जना विद्यार्थीलाई सर्जिकल अंकोलोजी विषयमा सुपरस्पेशियालिटि अध्यापन गराइरहेको जानकारी दिनुभयो । गत बर्षमा १८ जना स्पेसियालिष्ट डाक्टरहरुले एक बर्षे फेलोसिप सकिसकेको अवस्था हो भने यसै आर्थिक बर्षका लागि १३ जनाको भर्ना प्रकृया टुङ्गाइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले नर्सिङतर्फ २० जना विधार्थी लिएर संचालनमा ल्याएको बिएनएस अंकोलोजी कार्यक्रममा हाल एउटा व्याजमा ४० जना विद्यार्थीहरु भर्ना भैं चौथो व्याजमा अध्ययन गरिरहेका छन् ।

अस्पतालमा अन्तरंगमा भर्ना हुने बिरामी र कर्मचारीलाई क्युआर कोर्ड सहितको डिजिटल परिचयपत्रको व्यवस्था गरिएको छ भने फार्मेसी र राजश्व उपशाखालाई स्तारोन्नती गरिएको छ । बिरामीलाई समय सापेक्ष आधुनिक सेवा दिन ५० शैयाको ईलेक्ट्रिक आईसियू बेड सँगै अत्याधुनिक प्यासेन्ट मनिटर जडान गरिएको छ । गोष्ठी सेमिनार र अन्य कार्यक्रमलाई आधुनिक र समयसापेक्ष उन्नत गरी सि सि टिभि र क्यामराहरु जडान गरिएको छ ।

मुखको क्यान्सरका बिरामीलाई ध्यानमा राख्दै अस्पतालले डेन्टल सेवा सञ्चालनमा ल्याउन प्रकृयाहरु पुरा गरिएको छ । नेपाल सरकारबाट अति विशिष्टिकृत रोगहरुका लागि आर्थिक सहायता उपलब्ध गराउने नीति अन्तर्गत क्यान्सर रोगका लागि पनि गरिब बिरामीहरुको उपचारलाई सहज बनाउन लागु गरिएको विपन्न आर्थिक सहायता एवं बीमा सेवाको २४ सै घण्टा नियमित सेवा प्रदान गरिएको छ । क्यान्सर रोगीहरुका लागि प्रदान गरिएको आर्थिक सहायता संघीय सरकारको अतिरिक्त प्रदेश सरकार अन्तर्गतका बागमती र गण्डकी प्रदेश सरकार सँग रु. ५० हजार र लुम्बिनी प्रदेश सँग रु.२ लाखको विपन्न नागरिक उपचारको सम्झौता गरी कार्यान्वयनमा ल्याईएको कार्यकारी निर्देशक डा. गौतमले बताउनुभयो ।

वार्डहरुको स्तरोन्नती गरी भेन्टिलेटर, हाईफ्लो मेसिन र अक्सिजन कन्सन्टेटर जडान गरिएको छ । अस्पतालमा हुने गितिविधिको निगरानी गर्न अस्पतालका विभिन्न ठाउँमा ५४ वटा सिसि क्यामरा जडान गरिएको छ ।

अस्पतालमा आउने बिरामीको कुरुवालाई थप कुरुवा घरको आवश्यकता महसुस गरी लाईन्स क्लब ईन्टरनेशनल ३२५ बी टु, भीम पाठक र क्यान्सर सेवा समाजको संयुक्त सहयोगमा दुई करोड भन्दा बढी रुपैयाँको लगानीमा सम्पुर्ण सुविधा सहितको बिरामी कुरुवा घर निर्माण शुरु भईसकेको कार्यकारी निर्देशक डा. गौतम बताउनुहुन्छ ।

अस्पतालभित्रको बागानीको स्तरोन्नती, विकास र संरक्षणका लागि बागमती प्रदेश सरकारसँग सहकार्य गरी फलफूल बगैंचा तथा बागमती विकास संरक्षण कार्यक्रम कार्यान्वयनमा ल्याईएको छ । अस्पतालको आम्दानी पनि बढ्दै गएको छ । विगतको वर्षको तुलनामा करिब १० करोड रुपैयाँ आयमा बृद्धि भएको छ भने खर्चमा ३० प्रतिशतले कमी आएको आर्थिक शाखा प्रमुख पिताम्बर शर्माले जानकारी दिनुभयो ।

बिरामीलाई लाईनमा बसेर टिकट लिन लामो लाईन बस्नु पर्ने बाध्यताको अन्त्य गर्न अस्पतालको एपबाट अनलाईन टिकटको व्यवस्था अस्पतालले गरेको छ । अस्पतालको ठाउँठाउँमा खानेपानी, हातधुने व्यवस्था गरिएको छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. निर्मल लामिछाने क्यान्सर रोग अध्ययनका लागि अति आवश्यक पेट सिटी स्क्यान मेसिन ल्याउनका लागि सरकारसँग समन्वय गरिएको बताउनुहुुन्छ । अस्पताल सेवा प्रदायक संस्था मात्र भएकोमा अब यसको स्थापना सँगै भएको क्यान्सर रोगका निदान गर्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यलाई वास्तविकतामा परिणत गराउन आगामी दिनमा शैक्षिक कार्यक्रमलाइ बृहत्तर रुपमा अगाडी बढाइने उहाँ बताउनुभयो ।

त्यसैगरी क्यान्सर उपचारमा अत्यावाश्यक हुने हुँदा नेपालमा नै नभएको पेट स्क्यान साइक्रटोनिक मेसिन ल्याउनका लागि नेपाल सरकारसँग समन्वय गरिएको उहाँको भनाई छ । क्यान्सर बिरामीहरुको लागि अत्यावाश्यक पेट स्क्यान मेसिन छिट्टै जडान भैं सेवा प्रारम्भ हुनेमा विश्वस्त रहेको डा. लामिछानेको भनाई छ । यस अस्पतालमा नेपालभरी र भारतबाट समेत क्यान्सरका बिरामी उपचारका लागि आउने गर्दछन् ।

सम्बन्धित समाचार

Facebook Comments