• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
बिरामीको मृत्यु भएपछि सिएमसीमा तोडफोड, १३ जना पक्राउ

उपचारका क्रममा एक जनाको मृत्यु भएपछि आफन्तले चितवन मेडिकल कलेजको आईसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका छन् ।

यही असोज १७ गते बिहान ७ बजे उपचारका लागि कलेजमा आएका चितवन भरतपुर महानगरपालिका वडा नं. १३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको मृत्यु भएको थियो।  

हिजो बिहान ७ बजे पेट दुखेको भन्दै रमेशलाई आफन्तले मोटरसाइकलमा ल्याएर अस्पताल भर्ना गरेका थिए । मृतक रमेशका ज्वाइँ सागर कुँवरले चिकित्सकको लापहरबाहीले ज्यान गएको भन्दै छानबिनको माग गरिएको बताए ।

मृतकका आफन्तहरुले कलेजले उपचारमा लापर्वाहीले मृत्यु भएको आरोप लगाउँदै मेडिकल आईसीयू, अस्पतालको मूल ढोकाको लबी, कलेजका बसलगायतका सवारी साधानमा तोडफोड गरेर क्षति गरेका छन्। अस्पताल तोडफोड गर्ने १३ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

सम्बन्धित समाचार

Facebook Comments