• ५ कार्तिक २०८२, मङ्गलवार
  • २५ °C काठमाडौं
भरतपुरको मेयरमा उठेको जगन्नाथले संघीय निर्वाचनमा चितवन ३ बाट गरे उम्मेदवारी दर्ता

चितवन ३ मा स्वतन्त्रबाट जगन्नाथ पौडेलले पनि उमेदवारी दर्ता गराएका छन्। यसअघि भरतपुर महानगरका मेयरका प्रत्याशी पौडेलले चितवन ३ बाट उमेदवारी दर्ता गरेका छन्। 

उम्मेदवारी दर्ता गरिसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै पौडेलले अहिलेको निती र व्यवस्था बिग्रिएको र कानुनको पालना नभएकोले आफुले निती र व्यवस्था सुधार्न उमेद्वरी दिएको बताएका छन्। उनले भ्रस्टचार न्युनिकरण गर्ने, सविधान परीपालना गराउने, देशमा, निती नियम लागु गर्ने र व्यवस्था सुधार गर्ने आफ्नो उदेश्य रहेको बताएका छन्। 

चितवन ३ मा नेपाली कांग्रेसका २ नेताले स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन्। पार्टीका केन्द्रिय सदस्य दिनेश कोइरालाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी नीतिविपरीत पौडेल यसअघि भरतपुर महानगरमा मेयरमा उठेपछि नेपाली कांग्रेसले कारबाही गरेको थियो।

सम्बन्धित समाचार

Facebook Comments