• ५ कार्तिक २०८२, मङ्गलवार
  • २५ °C काठमाडौं
एमालेसंगै जगन्नाथ पौडेलले पनि मलाई समर्थन गर्नु हुन्छ: दिनेश कोइराला

नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य दिनेश कोइरालाले एमालले आफूलाई समर्थन गरेको बताएका छन् ।

कोइरालाले एमालेबाट आफूलाई समर्थन प्राप्त भएको बताएका हुन् । ‘एमालेले उम्मेदवारी फिर्ता लिइसकेको छ, पार्टीले मलाई समर्थन गर्ने तय भइसकेको ।’ उनले एमाले मात्र नभई अन्य पार्टीका नेता र स्वतन्त्र उम्मेदवारहरुले पनि समर्थन गर्ने दावी गरे । ‘मलाई एमाले मात्र होइन, अन्य दलका नेता, स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पनि समर्थन मिल्दैछ, मेरो जित सुनिश्चित छ’–कोइरालाले भने ।


कोइराल यसअघिको निर्वाचनमा चितवन क्षेत्र नं.३ (क)बाट पराजित भएका थिए । उनी त्यसअघिको स्थानीय निर्वाचनमा भरतपुरको मेयरमा उम्मेदवारी दिएर पनि पछि फिर्ता गर्नुपरेको थियो । क्षेत्र नं.३ मा एमालेका अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका थिए । उनको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गरेको हो ।

स्रोतका अनुसार कोइराला बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसंग मंगलबार भेट गरेका थिए ।

सम्बन्धित समाचार

Facebook Comments