पल्पी जुस उद्योगमा भिषण आगलागी
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा गएराती भिषण आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
आगो निभाउन खैरहनीको दुई र भरतपुरको एउटा दमकल र एउटा डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता बिजय राज पण्डितले जानकारी दिनुभयो । उद्योगमा राखिएको ड्रम र कार्टुनमा आगलागी भइरहेको र आगो नियन्त्रणमा ल्याउने प्रयास भैरहेको बताएका हुन ।
मानवीय र चौपाया क्षति भने भएकाे छैन। अन्य क्षतिका विवरण केहि बेरमा आउने बताइएको छ ।
Facebook Comments