नारायणीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान भएको छ । हाल रहेको पुरानो पुलको आडैमा सिग्नेचर पुल बनाउने गरी ठेक्का आह्वान भएको हो ।
सडक विभागको पुल शाखाले डिजाइन एण्ड बिल्डको मोडलमा सिग्नेचर पुल बनाउने गरी आज ठेक्का आह्वान गरेको हो । बहुप्रतिक्षित सिग्नेचर पुल निर्माणको लागि ठेक्का आह्वान भएपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बधाई दिएकी छन् ।
नारायणी नदीको पुल निकै पुरानो भइसकेको छ । अहिलेको पुलमा ठूलो दुर्घटना हुनसक्ने भन्दै नयाँ पुल निर्माणका लागि पटकपटक नगरिक स्तरबाट दबाब दिँदै आइएको थियो ।
Facebook Comments