आईपीएलको फाइनलमा राजस्थान रोयल्स
एपी,जेठ १४ । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा राजस्थान रोयल्स प्रवेश गरेको छ । राजस्थानले शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
फाइनलको यात्रा तय गर्ने क्रममा राजस्थानले बैंगलोरले दिएको १५८ रनको लक्ष्य १८.१ बलमा ३ विकेटकफ क्षतिमा भेटायो ।
जोस बट्लरको नटआउट १०६ रनको मद्दतमा राजस्थानले लक्ष्य भेटाएको हो । यस्तै, कप्तान सन्जु सामसनले २३, याशभी जैशवालले २१, देबदुत पडीकल ९ र शिम्रन हेटमायरले २ रन जोडे ।
बलिङतर्फ बेंगलोरका जोश हाजलउडले २ र वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए । पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
रजत पटिदारले ५८, कप्तान फाफ डु प्लेसिसले २५, ग्लेन म्याक्सवेलले २४ र साहबाज अहमेद १२ रनको योगदान गरे ।राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले समाना तीन/तीन विकेट लिए ।
आइतबार राति सवा ८ बजे हुने फाइनलमा अब राजस्थानले नवप्रवेशी गुजरात टाइटान्ससँग खेल्नेछ ।
Facebook Comments