सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुरु
काठमाण्डौं,जेठ १४ । नेपाल कराते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोगमा नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअनुसार, शाखा डोजो नक्सालको २३ औं वार्षिकोत्सवको अवशरमा आठौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता आजदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा नेपालसहित मित्र राष्ट्रहरु भारत ,पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाउने छ भने प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )का अध्यक्ष पुष्प कमल दाहाल ’प्रचण्ड’ ले एक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा पुरुष तर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा –२५,–३०,३३,३५,४०,४५ रपुरुष कै सिनियर तर्फ –५०,–५५,–६०,६७ –७५,–८४,+८४ किलोका साथै एकल काता र महिला तर्फ जुनियर तथा क्याडेट–२५,–३०,–३३,–३५,–४०,–४५ किलो र महिला कै सिनियर तर्फ –५०,–५५,–६१,६७,+६८ किलो तौल समुह गरी कुल २६ स्वर्णका निम्तिप्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपा‘गी ’ईश्वर’ ले जानकारी गराए ।
तीन दिनसम्मनिरन्तर चल्ने प्रतियोगिताका खेलहरु काठमाण्डौ त्रिपुरेश्वर स्थित,दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुनेछ ।
Facebook Comments