• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
चितवन–१ ‘ख’ बाट कृष्ण खनाल विजयी

चितवन–१ ‘ख’ बाट प्रदेशसभामा एकीकृत समाजवादीका उम्मेदवार कृष्णप्रसाद शर्मा खनाल निर्वाचित हुनुभएको छ ।

उहाँले एमालेका प्रकाश खनाल ‘शैलेस’ लाई पराजित गर्नुभएको हो । पाँच दलीय गठबन्धनका खनालले १५ हजार ५०७ मत ल्याउदा शैलेसले १४ हजार ७६८ मत ल्याउनुभएको थियो । त्यस्तै सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम शर्मा खनालले एक हजार ४१९, स्वतन्त्रका राममणि न्यौपानेले सात हजार ५१९, नेपाल सुशासन पार्टीका अमृत खरेलले एक हजार ४४८ ल्याउनु भएको थियो । अन्य चार उम्मेदवारले भने १०० भन्दा कम मत ल्याउनु भएको छ ।

निर्वाचित खनाल बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री  हुनुहुन्छ ।

 

सम्बन्धित समाचार

Facebook Comments