प्रधानमन्त्रीको निम्ति सबै बिषय दाउमा लगाउन सकिदैन:प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीको निम्ति सबै बिषय दाउमा लगाउन नसकिने बताएका छन् । आज (सोमबार) बिहान भरतपुर विमानस्थलमा प्रेस सेन्टर नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले सो आफू कहिल्यै पनि प्रधानमन्त्रीको दौडमा नरहेको भन्दै साे कुरा उल्लेख गर्नुभएको हाे।
उहाँले प्रधानमन्त्रीको निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि नगरेको बताउदै गठबन्धनको निम्ति, संविधान निर्माणको निम्ति या निर्वाचनको निम्ति धेरै नेताहरुलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको तर आँफै प्रधानमन्त्रीको रेसमा कुद्ने काम चाँही आफुले नगरेको बताएका छन्।उहाँले गठबन्धन भित्र आफूले प्रधानमन्त्रीको लागि दाबी नगरेको बताउदै जिम्मेवारी आए लिन भने तयार रहेको बताउनुभयो।
Facebook Comments