• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
प्रभात दिदीबिहिनी सहकारीद्धारा महिलाहरुको पाठेघरको मुखको भिआईए परीक्षण

प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शेयर सदस्यहरुको पाठेघरको मुखको भिआईए परीक्षण गरेको छ । सो अवसरमा बोल्दै क्यान्सर अस्पतालकी नर्स सुपरभाईजर अयोध्या पाठकले पाठेघरको क्यान्सरका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले पाठेघरको मुखको क्यान्सर समयमा नै थाहा भएमा निको हुने रोग हुदाँहुदै पनि अधिंकाश महिलाहरुले समयमा नै स्वास्थ्य परीक्षण नगरेर अकालमा ज्यान गुमाउने गरेको बताउनु भयो ।
 
पाठेघरको क्यान्सर रोकथामका लागि सामान्य जानकारी लिनेदेखि अनुसन्धान पनि गर्दै आएको भन्दै सुपरभाईजर पाठले कुनै लक्षण सहित र कुनै लक्षण विनापनि पाठेघरमा क्यान्सर हुन सक्ने भएकाले करिब तिन वर्षको फरकमा परिक्षण गराईराख्न सुझाव दिनुभयो । पाठेघरबाट रगत बग्ने,  महिनावारी सुकेका महिलाहरुमा यौनीबाट रगत आउने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिएमा स्वाथ्य परिक्षण गर्न उहाँको सुझाव थियो ।
 
कार्यक्रममा संस्थाकी अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले धेरै महिलाहरुमा पाठेघरको समस्या हुने र महिला दिदी बिहीनीहरुको समय समयमा स्वाथ्य परीक्षण गराउदा समयमा नै रोग पहिचान गर्न मद्धत पुगोस् भन्ने उदेश्यले सहकारीले यो कार्यक्रम राखेको जानकारी दिनुभयो । त्यसैगरी सचिव साधना पोख्रेलले रातदिन काममा खटिने महिलाहरु समस्या नपरेसम्म आफ्नो स्वाथ्य जाँच गर्न स्वाथ्य संस्थामा नजाने हुदाँ सहकारीले महिला दिदी बहिनीहरुलाई सुविधाको लागि यी र यस्ता कार्यक्रम राख्ने गरेको बताउनु भयो । कार्यक्रममा वी.पी. कोइराला मेमोरियल क्यान्सर हस्पीटलको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments