• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
खिचरा महोत्सवमा भलिबल प्रतियोगिता

खिचरा महोत्सवमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । थारु कल्याणकारीणी सभा क्षेत्र नं. ७ को आायोजनमा पुष २८ देखि माघ ४ गते सम्म सञ्चालनमा हुने आठौ खिचरा महोत्सव परिसरमा प्रतियोगिता हुने भएको हो।

प्रतियोगितामा १२ टिम सहभागिता रहने आयोजकले जनाएको छ । भलिबल प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता रहने छ । हालसम्म ७ टिमले दर्ता गराइसकेको र दर्ता हुने क्रम जारी रहेको शिक्षा तथा खेलकुद समितिका संयोजक धनवर चौधरीले बताउनुभयो ।

उँहाका अनुसार प्रतियोगितामा विजेताले नगद रु ४० हजार, उपविजेताले नगद रु २० हजार र तृतिय हुनेले १० हजार, ट्रफि, मेडल प्राप्त गर्नेछन। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जनालाई उत्कृष्ट खेलाडीको रुपमा सम्मान स्वरुप नगद ४ हजारसहित मेडल प्रदान गरिने जनाइएको छ। त्यसैगरी उत्कृष्ट सटर, डिफेन्डर र क्वीकरलाई पनि नगद सहित मेडल प्रदान गरिने संयोजक चौधरीले बताउनुभयो।

प्रतियोगिताले खेलकुद प्रेमी दर्शकहरुलाई महोत्सवमा आकर्षित गर्ने आयोजकको अपेक्षा रहेको छ।

 

सम्बन्धित समाचार

Facebook Comments