नारायणी नदीमा सन्चालनमा आयो पानी जहाज, स्थानीय हर्षित
रविना पौडेल, चितवन- लामो समयमसम्मकाे प्रतीक्षा पछि चितवनको नारायणी नदी किनारमा ‘क्रुज सिप’ सञ्चालनमा आएकाे छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले भरतपुर-१६ स्थित नारायणी नदी किनारबाट व्यवसायिक रुपमा क्रुज सञ्चालनमा ल्याएकाे हाे।
२ वर्ष अगाडि नै सफल परीक्षण गरिएको क्रुज कोरोना महामारीका कारणले सञ्चालनमा आउन नसकेपछि आजबाट सञ्चालनमा ल्याइएकाे राइनो वाटर ईन्टरटेन्मेन्टका कार्यकारी निर्देशक दीपक ढुंगेलले बताउनुभयो । ३ तलाको क्रुजशिपमा १८० जना अट्ने र यसको कुल क्षमता भने २०० रहेको उहाँले बताउनुभयाे। ३ सिफ्टमा सञ्चालन हुने क्रुज सिप भित्र रेष्टुरेण्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरु राखिएकाे उहाँले बताउनुभयो।
क्रुजसिप संचालनमा आउने भएपछि स्थानीयहरु भने खुसी भएका छन्। लामाे समयकाे प्रतीक्षा पछि भएपनी क्रुज संचालनमा आउने भएपछि आफुहरुको जीवनस्तर सुधारमा क्रुजले थप मद्दत गर्ने स्थानियले विश्वास लिएका छन्। स्थानिय सशीकला पौडेल साहि भन्नुहुन्छ क्रुज निर्माण भएपछी ठाउको पहिचान बनेको छ। भने यस ठाउँका मानिसहरुले रोजगार पाउने र व्यपार व्यवसाय बढ्ने विश्वास लिएकाे छ।
१५ करोड भन्दा बढी लगानीमा निर्माण गरिएको क्रुज सञ्चालनका लागि नारायणी नदीमा ४० किलोमिटरको अनुमति छ । नेपालकै पहिलाे पानी जहाजकाे रुपमा लिइएकाे यो क्रुजसिपमा ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
Facebook Comments