• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
चलचित्र ‘फूलबारी’ को टिम चितवनमा

चलचित्र ‘फूलबारी’ को टिम चलचित्र प्रमोसनका लागि चितवन आइपुगेको छ । आज चितवन आएको टिमले विभिन्न स्कुलमा गएर चलचित्रको बारेमा प्रचार गर्नुको साथै दिउँसो पत्रकार सम्मेलन गरेको छ ।


चलचित्र प्रमोसनका लागि कलाकार बिपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, कालीप्रसाद बासकोटा लगायतको उपस्थिति थियो ।

देशका कारीब ५ शहरमा प्रमोसनको गर्ने लक्ष्य फिल्म युनिटको छ । हिजो बुटवलमा प्रमोसनको काम सकेर टिम आज चितवन आइपुगेको हो । फिल्मको कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यलाई प्राथमिकतामा राखेको छ ।

https://www.youtube.com/watch?v=Hp2Abl9lRkM

आज साँझ फिल्मको ‘मिट एण्ड ग्रिट’ भरतपुरको “लाइम एण्ड लेमन लाउन्ज क्याफे” मा हुँदैछ । जहाँ फिल्मका कलाकारको विशेष प्रस्तुती रहनेछ ।

रामबाबु गुरुङद्वारा निर्देशित फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, मनीष ढकाल र शिल्पा मास्केलगायतको अभिनय छ । आगामी फागुन ५ गतेबाट चलचित्र रिलिज हुँदै छ ।

 

सम्बन्धित समाचार

Facebook Comments