• ३ कार्तिक २०८२, आइतवार
  • १८ °C काठमाडौं
रास्वपाले चितवन २ मा रवि लामिछानेलाई नै उमेदवार बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा सो पार्टीका सभापति रवि लामिछानेलाई उमेदवार बनाउने तयारी गरेको छ । यसअघि पत्रकार सम्मेलनमा पनि सो पार्टीका सभापति लामिछानेले छिटो निर्वाचनको मिति घोषणा गर्न माग गरेका थिए ।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले दिएको जानकारीअनुसार उपनिर्वाचनमा पनि लामिछाने नै उमेदवार बन्नेछन् । यसअघि भएको निर्वाचनमा उनी यही निर्वाचन क्षेत्रबाटै उमेदवार बनेका थिए । उनले अमेरिकाको नागरिकता लिएको समयमा नेपालको नागरिकता त्याग नगरेको र पछि सोही आधारमा चुनाव लडेको भन्दै सर्वोच्च अदालतले उनलाई अयोग्य ठहर गरेपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा पनि लामिछाने नै उमेदवार बन्ने बोहोराको प्रतिक्रिया छ ।

 

सम्बन्धित समाचार

Facebook Comments